कराते टोली हरियाणा जाने


मित्र राष्ट्र भारतको हरियाणामा आयोजना हुने ईन्डो नेपाल ईन्टरनेशनल वादोरियो कराते च्याम्पियनसिप २०१७ मा सहभागी हुन जाने नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष लामा टेन्डी शेर्पाले मंगलबार बिदाई गरे । आईडब्लुएफ कराते डो संघको प्रमुख प्रशिक्षक सहदेव राजबंशी नेतृत्वमा च्याम्पियनसिपमा सहभागी हुने जाने २४ सदस्यिय नेपाली टोलीमा पुष्प नेगी (७ बर्ष) तौलमा, मनिष राना मगर (२० केजी), मनिष राउत (३५ केजी), इन्द्र प्रसाद राजबंशी (४० केजी), सुरेन्द्र थापा (जुनियर ४५ केजी), उत्तम लोन (४५ केजी), मनोज सुनार (५० केजी), पर्शराम पंडीत (जुनियर ५५ केजी), आशिष दराई (५५ केजी), दावा छिरिङ्ग घिसिङ्ग (जुनियर ६० केजी), विवेक राजबंशी (६० केजी), सुमन बस्नेत (जुनियर ६५ केजी), शुभ सिलवाल (६५ केजी), सनम थिङ्ग (७० केजी) र टेकनारायण राजबंशी काता रहेका छन् । यस्तै रेफ्रीहरुमा बुद्धराज नेगी, चिन तामाङ्ग, कमल भुजेल र ज्ञान बहादुर थापामगर रहेका छन् । टोली ब्यवस्थापकमा सघंका महासचिव उपेन्द्र कुमार शाही, टिम ब्यवस्थापनमा कोषाध्यक्ष नवराज चौलागाई, टिम संयोजकमा सदस्य सन्देश बाबु सखकर्मी र टिम सहयोगिमा नकुल रानामगर रहेका छन् । कुरुक्षेत्र हरियाणामा अक्टोबर २७ देखि २९ सम्म हुने च्याम्पियनसिपमा सहभागी हुन जाने टोली ७ कार्तिकमा त्यस तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

Comment