पूर्व मुख्य प्रशिक्षक गुरुङ राष्ट्रिय तेक्वान्दोमा


राष्ट्रिय खेलकुद परिषद् (राखेप) का तेक्वान्दो पूर्व मुख्य प्रशिक्षक एवं हालका वरिष्ठ प्रशिक्षक ध्रुवबहादुर गुरुङसहित ललितपुर÷भक्तपुरका विभिन्न तेक्वान्दो डोजाङका प्रमुख र खेलाडी राष्ट्रिय तेक्वान्दो संघ नेपालमा आबद्ध भएका छन् । काठमाडौंबाट १२ तथा ललितपुरबाट ११ गरी विभिन्न २३ डोजाङबाट १ हजार ३ सयको संख्यामा प्रमुख र खेलाडी राष्ट्रिय तेक्वान्दोमा प्रवेश गरेको राष्ट्रिय तेक्वान्दो संघका महासचिव राजकुमार कार्कीले जनाएका छन् ।
संघका अध्यक्ष शिव कोइराला र एनआरएन कोरियाका पूर्व अध्यक्ष एवं तेक्वान्दोका इन्टरनेसनल मास्टर्स राजु क्षेत्रले उनीहरुलाई टीका र माला लगाएर स्वागत गरेका थिए ।
अध्यक्ष कोइरालाले गुरुङ जस्तो तेक्वान्दोका सिनियर गुरु राष्ट्रिय तेक्वान्दोमा प्रवेश गर्नु संघका लागि गर्वको विषय भएको बताउदै गुरुङको प्रवेशले राष्ट्रिय तेक्वान्दो संघ अझ सशक्त हुने धारणा व्यक्त गरे । महासचिव कार्कीले राष्ट्रिय तेक्वान्दोमा प्रवेश गर्नेलाई अन्याय हुन नदिने प्रतिबद्धता व्यक्त गरे । पूर्व मुख्य प्रशिक्षक दिपराज गुरुङको लामो कार्यकाल पछि ध्रुब मुख्य प्रशिक्षक भएका हुन् । संघ र ध्रुब विच गत महिना विवाद भए पछि राष्ट्रिय खेलकुद परिषद्ले तेक्वान्दोको मुख्य प्रशिक्षक परिवर्तन गरेको थियो । विवादीत विषयको टूंगो नलगाइ मुख्य प्रशिक्षक परिवर्तन गर्ने परिषद् निर्णय आश्चर्यजनक मानीएको थियो । सरल स्वभाब र प्रकृतीका ध्रुबको यो निर्णयले नेपाली तेक्वान्दोको समिकरणलाई समेत दिर्घकालीन असर गर्ने अनुमान गरिएको छ । त्यसो त तेक्वान्दो संघको गतीबीधीमा असन्तुष्ट रहदै राष्ट्रिय तेक्वान्दोमा प्रबेश गर्ने क्रम विगत बर्ष देखि नै निरन्तर रहेको छ ।

Comment