नेपालको खेलकुद रजौटा सोचले चल्नु नै दुर्भाग्य ः काली बहादुर घर्ती मगर

खेलकुद अखिल नेपाल खेलकुद महासंघ नेपाली खेलकुदको विकास र विस्तारका साथै यस क्षेत्रमा रहेका विकृती र विसंगतीका विरुद्धमा लड्नका लागि तल्लीन छ । प्रश्तुत छ, यसै विषयमा महासंघका महासचिव काली बहादुर घर्ती मगरसंग गरिएकोे कुराकानीको सार संक्षेप
यो महासंघको अबका योजना बारे भन्नुस न ।
खेलकुदका केही आधारभुत पक्ष छन् । प्रशिक्षण , प्रतियोगिताको आयोजना र भौतीक संरचना निमार्ण महत्वपूर्ण हुन् । यी मध्य प्रतियोगिताको आयोजान गर्न हामी आफै तत्पर छौ । हामी बृहद खेल महोत्सबको तयारीमा छौ । प्रतियोगिताको आयोजना र भौतीक सरचनाका बारे राज्य पक्षमा आवाज उठाउने छौ ।
नेपाली खेलकुद अहिले सही ढंगले चलेको छ जस्तो लाग्छ ?
अहं लाग्दैन । नितीहिन र दिसा हिन छ । योजना बिहिन छ । मनपरीतन्त्र सुनेका छौ । हामी एउटा त्यसतो राजनितीक शक्तिको जनबर्गीय संगठनमा आबद्ध छौ, जुन राजनितीक शक्ति विकृती र विसंगतीको विरुद्धमा लड्नेहरुलाई केन्द्रिकृत गर्दै तयार भएको हो । खेलकुदमा हाम्रो निती हस्तक्षेपकारी हुनु पर्छ र हुन्छ नै ।
अहिले त तपाइहरुको भुमिका देखिएको छैन नी ?
हामी भर्खरै सम्मेलनबाट अघि बढेका हौ । यसको मतलब हामी सबै कुराको तयारीमा छौ । पहिला सबै विषयको जानकारी पनि आबस्यक ठानेका छौ । यसका लागि हामी सबै पक्षसंग वार्ता गर्न तयार छौ । खेलकर्मीको भावना माथि खेलवाठ गरि गलत गर्ने काम राज्य पक्षले गरेका होला । हुन सक्छ, संघ नेतृत्वले पनि गरेको छ । तर, पिडित पक्षले हामीसंग सम्पर्क गरे उहाँहरुको आवाजलाई अझ बुलन्द बनाउने पनि हो । यसैका लागि तत्पर छौ । हामी आफै सबे पक्षको जानकारी लिदैछौ ।यसै विषयमा चासो दिदै खेल विज्ञ र जानकारहरुसंग हामी सम्पर्क गर्दै छौ ।
अनी यसका लागि सांगठनिक अबस्था पनि त मजबुत हुन पर्ला नी ?
यसैका लागि हामी चाडै नै प्रदेश, जिल्ला, महानगरपालीका, नगरपालीका र गाउपालीकाका कमिटी गठनको प्रक्रियामा गइरहेका छौ । हामी तुरुन्त यी सबै विषयमा केन्द्रिय कमिटी मार्फत निर्णय गर्ने छौ ।
नेपाली खेलकुदमा थुप्रै विवादहरु देखिए । यसले खेलकुदलाई कस्तो असर गरेको छ ?
यसले सबैतीर नकरात्मक असर गरेको छ । हाम्रो ठहरमा यी विवादका कारण नितीगत विषय भन्दा पनि ब्यक्तिगत स्वार्थका कारण भएका हुन् । सबै विवाद समाधान गर्न राज्यको भुमिका सकरात्मक हुनु पर्ने हो । त्यसो भएको छैन । राज्यका जिम्मेवार निकायमा रहनेहरु खासमा परिषद् नेतृत्वनै यो विवादमा बे वास्ता गरेर बसेको छ । परिषद् नेतृत्वको जिनयत गुलामी मात्र चाहे जस्तो छ । विवाद यथाबत राख्दा विवादीत दुवै पक्षको चाकडी सधै पाउने स्वार्थमा परिषद् नेतृत्व देखियो । यसले आसन्न अन्तराष्ट्रिय प्रतियोगितामा असर गर्ने छ ।
खेलकर्मीहरु जसरी एकजुट भएर यसता गलत कुराको विरुद्धमा आवाज उठाउनु पर्ने हो । त्यसता कुरामा आवाज उठाउन चुकेको देखिन्छ । यसलाई समाधान गर्न परिषद् नेतृत्व चुकेको छ ।

अहिलेको समस्या र विवादको जड के हो ?
जड भनेको ब्यक्तिगत स्वार्थ नै हो । नेपाली समाज र राजनितीमा भिन्न परिवतृन भए । तर, यसले खेलक्षेत्रमा कहिले पनि परिवर्तन गरेन । हिजोको रजौटा सोच यथाबत छ । ब्यक्ति फेरिएका छन् । अनुहार फेरीएका छन्, तर, नेतृत्वमा रहनेको सोच फेरीएको छैन । एउटा दुरदराजको सामान्य नेपाली ठूलो मिहेनतका साथ आफूलाई स्थापीत गर्छ । तर उनीहरुको भबीश्य केही रजौटा प्रबृत्ती र सोच भएका नेतृत्वको भरमा छ । खेलकर्मी भनेको आम नेपाली नै हो । नेतृत्व रजौटा प्रबृत्ती भयो । यसकारण पनि नेतृत्वले खेलकर्मीको समस्यालाई बुझ्न सकेन ।
तपाइहरु आरोप लगाउनु हुन्छ की समाधान पनि खोज्नु हुन्छ त ?
हामी बुदागत रुपमा माग राख्छौ । आशा छ, समाधान हुन्छ । भएन भने विद्रोहका स्वरलाई अझ जोठदार ढंगले उठाउनु पर्ने पनि हुन्छ ।

Comment