सुजेन्द्रको उत्कृष्ट प्रदर्शन

न्युजिल्यान्डमा जारी ८औ एशियन सिनियर बुद्धिचाल प्रतियोगितामा नेपाली खेलाडी सुजेन्द्र प्रसाद श्रेष्ठले उत्कृष्ट प्रदर्शन गरेका छन् । देश्रो र तेश्रो चरणको खेलमा नेपालका फिडे मास्टर सुजेन्द्र प्रसाद श्रेष्ठले अष्ट्रेलियाका केन स्ट्राक र न्यजिल्याण्डका एफएम मिचेल स्टेडम्यानलाई हराए । उनको दुइ अंक प्राप्त गरेका छन् । यसैगरी, नेपालका १९७४ रेटेड खेलाडी रविन्द्र शाक्यले फिलिपिन्सका रेटेड स्फान बागमास्बादसंग दोस्रो चरणको खेलमा बराबरी गरि १.५ अंक बनाएका छन् । उनी तेस्रो चरणको खेलमा न्युजिल्यान्डका २२२३ रेटेड खेलाडी रोबोर्ट स्मिथसंग पराजित भएका थिए । नेपालका अनरेटेड खेलाडी राजभाई शाक्यले आफ्नो दोश्रो अन्तर्रा्ष्ट्रिय खेलमै आफ्नो पपुवान्युगिनिका १९३५ रेटेड खेलाडीसंग मजाले वरावरी गरे ।

Comment