उज्वल ठकुरीबाट “गिनिज बुक अफ र्वल्ड रेकर्ड ” कायम


अमेरिकन मरिन गोजु करातेका पाचौ डान डान खेलाडी उज्वल ठकुरी “गिनिज बुक अफ वोर्ल्ड रेकर्ड“ मा नाम लेखाएका छन् । अमेरिकामा “हु इज हु ब्लाक बेल्ट लिजेण्ड अवार्ड“ बाट पनि उनी केही समय अघि सम्मानित भएका थिए । “हु इज हु ब्लाक बेल्ट लिजेण्ड अवार्ड अमेरिकन मार्शलआर्ट एशोसिएसनले ९३ जना खेलाडीलाई प्रदान गरेको थियो । उनले गिनिज बुकमा रहेको हेभी वेट लीफ्ट इन र भेन्डमस्टाइल लीफ्टको कीर्तिमान कायम गरेका हुन् । ५० के.जी. को कीर्तिमानलाई भंग गर्दै उनले ६३.५८ के.जीको कीर्तिमान कायम गरेका हुन् ।
ठकुरीले यो सफलता हात पार्ने क्रममा एजकेली तेक्वान्दो डोजांगका सञ्चालक मास्टर कृष्ण बलाल, मास्टर साङ् इल् ह्वाङ, प्रशिक्षक ३ डान राष्ट्रिय खेलाडी रसद मेलोर, अनि सम्माननिय हाइ रेड बेल्ट मास्टर जेस्म ए रोल्लिङ जुनियरका साथै अन्य दुइ ब्लायकबेल्टको पनि भुमिका रहेका बताएका छन् ।
काठमाडौंमा जन्मीएका ४२ बर्षीय उज्वल १५ बर्ष दृखि अमेरिकामा छन् । उनले कराते खेल जगतमा लागेर धेरै राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रतिस्पर्धामा जित हात पार्नुका साथै अवार्ड पनि पाएका छन् । उनले र्वल्ड टाईटल बेल्ट, र्वल्ड च्याम्पियन बेल्ट, दुईवटा राष्ट्रिय स्वर्ण पदक , दुईवटा अन्तरराष्ट्रिय कपका साथै अन्य महत्वपूर्ण सफलता हात पारेका छन् ।
करातेमा उनले आफ्नो ५ किसिमको कला सृजना गरेका छन् । “फाङ् कातामा“उनले अमेरिकन अन्तरराष्ट्रिय खेलमा स्वर्ण कप पनि हात पारका थिए । त्यस्तै सोही खेलमा “फांग खुकुरी काता“ मा रजत पदक हात पारमन उनले “फांग ब्रेकिंग“ मा विश्व वेल्ट उपाधी प्राप्त गरेका थिए । त्यसैगरि उनले भान्डम स्टाइल हेभीबेल्ट लीफ्टमा विश्व च्याम्पियन वेल्ट र सर्टि्फिकेट द्वारा “कुरो बुशि वलर््ड च्याम्पियन खेलमा“ नर्थ क्यारोलिनामा सम्मानित भएका थिए । ठकुरीले आगामी दिनमा थप कीर्तिमानका लागि प्रयास गर्ने बताएका छन् ।

Comment