यूएईमा खेलाडीहरु सम्मानित


युएइमा सक्रिय नेपाली खेलकर्मीहरु सम्मानीत भएका छन् । यूएईको दुबई शहर स्थिति कर्लटन टावर होटेलमा पृथ्बी परिक्रमा अवार्ड सहित सम्मान गरिएको हो । प्रमुख अतिथि नेपालका कार्यबाहक राजदुत नेत्र प्रशाद टन्डन तथा राम बहादुर सुबेदीको अतिथ्यतामा एनआरएन यूएईका अध्यक्ष रमेश श्रेष्ठ, नेपाली समाज यूएईका अध्यक्ष चन्द्र प्रकाश सापकोटा, बिजनेश काउन्शिल कोषाधक्ष्य एकन्द्र बहादुर थापा समाज सेवीहरु शालिक सुबेधि, अन्तरास्ट्रिय कराते रेफ्री साथै प्रशिक्षक तथा एभेरेस्ट यूएई मार्शल आर्ट तथा स्पोर्ट्स बरिष्ट प्राबिधिक सल्लहाकार रबि शाही लगायत भिन्न संघ संस्था तथा समाजसेवीकोे बाक्लो उपस्थितिमा कार्यक्रम आयोजना भएको हो ।
क्लव सल्लाहकार तथा पुर्व राष्ट्रिय जुडो खेलाडी प्रवीन काजी श्रेष्ठको संयोजनमा कार्यक्रम आयोजना भएको होे । यूएईमा रहेका धेरै संघ संस्थाको संलग्नता बीच नेपाली कला क्षेत्रका स्थापित हास्य कलाकार तथा जादुगर महादेव त्रिपाठीको प्रस्तुति सबैको आकर्षर्ण बनेका थिए । सम्मानित ब्यक्तिहरुलाई उपस्थती बरिष्ठ समाज सेवी तथा स्थानीय अथिति अव्दुल ईवराहीम अल वलोसी र अव्दुल घानी अल वलोसले सम्मान गरे ।
प्रवाशमा रहदा समेत निरन्तर खेलकुदमा सक्रिय एभेरेष्ट युएई मार्शलआर्ट क्लबमा आबद्ध रहेका व्यक्तिहरुले पृथीवी अवार्डमा मनोनित हुदै सम्मान प्राप्त गरे । श्री ( वरिष्ठ प्रशिक्षक तथा एशियन कराते फेडरेशनका रेफ्रि रवी शाहीले सम्मान अवाड पाए । तेक्वान्दो खेलाडी कामना श्रेष्ठ र क्लब सल्लाहकार तथा व्यवस्थापक हीरा लाल श्रेष्ठले अवार्ड
पाए । क्लबका सचिव तथा पूर्व सितेरियो खेलाडी पुर्ण भक्त लामा कोशाध्यक्ष तथा पूर्व किक बक्सीङ खेलाडी पर्शुराम घिमीरे र पुर्व राष्ट्रिय भलिवल खेलाडी प्रेम भण्डारीले सम्मानस्वरुप प्रमाणपत्र पाए । यसैगरी पुर्व राष्ट्रिय भलिवल खेलाडी ईश्वर घमाल, सीतोरीयो कराते अन्त्राष्ट्रिय पदक विजेता विजय तामांग , तेक्वान्दो खेलाडी सविन पाण्डे( , सीतोरीयो कराते खेलाडी राम लामा र पुष्प न्यौपानेले पनि सम्मान स्वरुप प्रमाण पत्र पाए । अन्तराष्ट्रिय सम्मान कार्यक्रमको अबसरमा बोल्दै क्लब अध्यक्ष पवीत्र भण्डारीले सम्मानले सबैको उत्साहमा बृद्धी हुने तथा आगामीे दिनमा थप सफलता पाउने बिश्वास ब्यक्त गरे ।

 

Comment