नेपाललाई ३ स्वर्ण


पाकिस्तानको कराँचीमा भइरहेको अन्तर्राष्ट्रिय मार्सल आर्ट्स च्याम्पियनसिपमा नेपालले ३ स्वर्ण जितेको छ । नेपालले थप १ रजत पनि जित्यो ।नेपाललाई दोहोरो पदक दिलाएका निराकारमान प्रधानले पुरुष एकल कातामा स्वर्ण र ५० केजीमा रजत जिते । त्यस्तै महिला एकल कातामा समिला थापा र महिला ५५ केजीमा शान्ति तामाङले स्वर्ण हात पारेको टोली प्रमुख रामकुमार थारुले जनाएका छन् ।

Comment