बाबा र सिद्धार्थ फाइनलमा


बाबा र सिद्धार्थ बनस्थली दोश्रो एपेक्स लाइफ यु–१२ अन्तरविद्यालय छात्र फुटसल प्रतियोगितामा शनिबार फाइनलमा प्रवेश गरेका छन् । एपेक्स लाइफ स्कुलद्वारा आयोजित प्रतियोगिताको पहिलो सेमिफाइनलमा बाबाले निम्सलाई ३–० गोलले पराजित ग¥यो । बाबाको जितमा थिलेन तामाङले २ तथा अनमोद श्रेष्ठले १ गोल गरे ।
अर्को सेमिफाइनलमा सिद्धार्थ बनस्थलीले टीआईएलाई २–० गोलले हरायो । टीआईएका अन्जन मगर र कृष थापाले १–१ गोल गरे । फाइनल आइतबार हुनेछ ।

Comment