माचुसिमा क्योकुसिनमा गुरुङको निरन्तरता

 नेपाल माचुसिमा क्योकुनिस कराते संघको शनिबार सम्पन्न दोश्रो साधारणसभाले राजकुमार गुरुङलाई अध्यक्षमा निरन्तरता दिदै १५ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको छ । नयाँ कार्यसमितिको उपाध्यक्षत्रयमा नारायण खड्का, श्रीकृष्ण रन्जितकार र विरेन राई, महासचिवमा सुनील आचार्य, सचिवमा सुमन गजुरेल तथा कोषाध्यक्षमा सोनम शेर्पा रहेका छन् । दिलबहादुर भण्डारी, निर्मलबहादुर ढुंगाना, ईश्वर श्रेष्ठ, सन्तोष खनाल, सन्तोष बुढाथोकी, पुष्कर केसी, रामबहादुर न्यौपाने र सोनम शेर्पा सदस्यमा चयन भए । नवनिर्वाचित पदाधिकारीहरुलाई राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत संघ संस्था समन्वय शाखाका अधिकृत एवं प्रमुख निर्वाचन अधिकृत ओम न्यौपानेले प्रमाण पत्र वितरण गरेका थिए । यसअघि साधारणसभाको माचुसिमा संघका सल्लाहकार प्रकाशसिंह कार्कीले एक कार्यक्रमबीच उद्घाटन गरे । साधारणसभापछि बसेको संघको बैठकले प्रकाशसिंह कार्की, मनबहादुर न्यौपाने र महेश श्रेष्ठलाई सल्लाहकारमा चयन गरेको छ । त्यस्तै विश्व बुढाथोकीलाई सदस्यमा मनोनयन गरेको छ भने दोश्रो डान सन्तोष बुढाथोकीलाई प्रमुख प्रशिक्षकमा नियुक्त गरेको छ । साधारणसभामा विभिन्न २० जिल्लाका ४० तथा केन्द्रका १० गरी ५० प्रतिनिधिको उपस्थिति रहेको अधिकृत न्यौपानेले जानकारी गराए ।

Comment