जापानी जुडो टोली र खेलकुद मन्त्री भेटघाट


‘स्पोर्ट्स फर टुमोरो’ कार्यक्रमअन्तर्गत नेपाली जुडो खेलाडीलाई प्रशिक्षण दिन अल जापान जुडो फेडेरेसनका विशेष सल्लाहकार ओगावा गोतारोको नेतृत्वमा नेपाल आएको ५ सदस्यीय जापानी जुडो टोलीले युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीलाई शुक्रबार सिंहदरबारमा भेट गरेको छ ।
गोतारोको नेतृत्वमा आएको जापानी जुडो महासंघअन्तर्गत अन्तर्राष्ट्रिय विभाग प्रमुख ओनुकी सायाको तथा जुडो खेलाडीत्रय यगी आयाका, मुकाइ सुन सुके र उत्सिरो युसुकेको टोलीले मन्त्री केसीलाई भेट गरेको नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले जनाएका छन् ।
भेटका अवसरमा जापानी टोलीले नेपाली खेलाडीको क्षमता प्रशंसनीय रहेको बताउदै नेपालमा जुडो संघको सक्रियता देखेर आफूहरु प्रभावित भएको बताएका थिए ।
मन्त्री केसीले नेपालमा जुडोको विकास र विस्तारका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धा व्यक्त गर्दै टोलीसंगै रहेका नेपाली जुडो खेलाडी फुपुल्हामु खत्री र मनीता श्रेष्ठ प्रधानको खेलको प्रशंसा गर्दै भविष्य उनीहरुले देशको गौरव अझ अभिबृद्धि गर्दै जाने विश्वास व्यक्त गरे ।

Comment