दोलखामा अन्तर्राष्ट्रिय बुद्धिचाल

नेपाल चेस क्लब, दोलखाको आयोजनामा चौथो माउन्ट गौरीशंकर अन्तर्राष्ट्रिय खुला बुद्धिचाल प्रतियोगिता असोज २४ गतेदेखि दोलखाको चरिकोटमा हुने भएको छ । दोलखा बुद्धिचाल संघ र दोलखा जिल्ला खेलकुद विकास समितिको सह–आयोजनामा हुने प्रतियोगितामा करिब १ सय ५० खेलाडीको सहभागिता रहने आयोजक क्लबका अध्यक्ष एवं अन्तर्राष्ट्रिय आर्बिटर उमेश केसीले जनाएका छन् । १० भन्दा बढी राष्ट्रको सहभागिता अपेक्षा गरिएकोमा नेपालसहित ६ राष्ट्रको सहभागिता निश्चित भइसकेको अध्यक्ष केसीले जानकारी गराए । उनका अनुसार अमेरिका, इटाली, भारत, बंगलादेश र श्रीलंकाले सहभागिता पक्का गरिसकेका छन् ।
दोलखालाई खेलकुद मार्फत पर्यटनको प्रवद्र्धन गर्ने र २०७२ सालको भूकम्पपछि दोलखा सुरक्षित छ भन्ने सन्देश प्रवाह गर्नु यसपटकको प्रतियोगिताको मुख्य उद्देश्य रहेको अध्यक्ष केसीले बताए । स्विस लिग प्रणालीअन्तर्गत नौ चरणको खेल हुने प्रतियोगिताको कुल पुरस्कार राशी ३ लाख ५० हजार रुपैयाँ रहेको छ ।

 

Comment