निम्स र बाबा सेमिफाइनलमा

निम्स र बाबा दोश्रो एपेक्स लाइफ यु–१२ अन्तरविद्यालय छात्र फुटसल प्रतियोगितामा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन् । निम्सले मातृभूमिलाई ३–१ गोलले पराजित ग¥यो । निम्सका सिधु लामाले २ तथा शंकर परियारले १ गोल गरे । बाबाले साविक उपविजेता संस्कृतिलाई २–० गोलले हरायो । बाबाको जितमा दुवै गोल अनमोद श्रेष्ठले योगदान दिए । एपेक्स लाइफ स्कुलद्वारा आयोजित प्रतियोगितामा टीआईए र सिद्धार्थ बनस्थली पनि आफ्नो खेल जित्दै सेमिफाइनलमा पुग्न सफल भए ।टीआईएले द इलाइट्स को–एडमाथि ३–१ को जित दर्ता ग¥यो । टीआईएका पाल्साङ तामाङले २ तथा श्रृजन लामाले १ गोल गरे । इलाइट्सका कृष्ण विकले सान्त्वना गोल गरे । सिद्धार्थ बनस्थलीले जोसेफलाई टाइब्रकेरमा ३–१ गोलले पाखा लगायो । सिद्धार्थका मृदुल पौडेल, आकाश राई र अन्जन मगरले पेनाल्टी अवसरलाई सदुपयोग गरे । जोसेफबाट रोशन मात्र पेनाल्टीमा गोल गर्न सफल रहे । निर्धारित २४ मिनेटको खेल २–२ को बराबरी भएपछि पेनाल्टी सुटआउटबाट निर्णय गरिएको थियो । सेमिफाइनलमा बाबाले निम्स तथा टीआईएले सिद्धार्थ बनस्थली विरुद्ध प्रतिस्पर्धा गर्नेछन् । सेमिफाइनल शनिबार हुनेछ ।

Comment