३५ माथिका शिर्ष बरियता कमल क्वाटरफाइनलमा

कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरामा जारी एनआइसी एसिया बैंक नेपाल आइटिएफ सिनियर च्याम्पियनशिप टेनिस प्रतियोगिता अन्र्तगत मंगलबार विभिन्न उमेर समुहका खेलहरु सम्पन्न भएका छन् । सर्किट १ अन्र्तगत सम्पन्न खेलहरुमा ३५ वर्ष माथिको एकलतर्फ नेपालका शिर्ष बरियताका खेलाडी कमल भण्डारी क्वाटरमा प्रवेश गरे । भण्डारीले निमा लामा शेर्पालाई ६–०, ६–१ को सहज सेटमा पराजित गर्दै अन्तिम आठमा स्थान बनाएका हुन् । त्यसैगरि प्रतियोगितामा सहभागि खेलाडीहरुमध्ये आइटिएफ शिर्षस्थानमा रहेका भारतका दिलिप महंतीले पनि क्वाटरफाइनलमै स्थान बनाए । महंतिले नेपालका सिमान गुरुङ्गलाई ६–१, ६–० को सोझो सेटमा पाखा लगाए । आइटिएफमा महंती ३५ वर्ष माथिको एकलमा १ सय ८७ औं स्थानमा रहेका छन् । सोहि उमेर समुहमा भारतका कमलेश शुक्लाले नेपालका महेश श्रेष्ठलाई ६–१, ६–२ ले पराजित गरे भने भारतका स्वरणदिप सिंहले नेपालका सुरेश कुमार श्रेष्ठलाई ६–४, ६–१ को सेटमा पराजित गर्दै क्वाटरफाइलन प्रवेश गरे ।
५५ वर्ष माथिको एकलमा जित हाँसिल गदै भारतका विएनएस नेगीले क्वाटरफाइनलमा स्थान बनाए । उनले विष्णु गैह्रेलाई ६–४, ६–० को सेटमा पराजित गरे । त्यसैगरि सोहि उमेर समुहका अन्य खेलहरुमा भारतकै प्रदिप कुमार गुप्ताले उत्तम कुमार शेर्पालाई ६–४, ६–३ मा, मनोज शम्शेर राणाले छेतन नोर्केललाई ६–१, ६–१ मा, झ्याम्बा ढुण्डुपले भारतका नान्चाराइ कोन्डिसेटीलाई ६–०, ६–१ मा, करिमुल्ला मुस्लिमले भारतकै अनिल कुमार कौशललाई ७–७, ६–० मा, समिर शेरचनले भारतका गुणविन्दर सिंह सेठ्ठीलाई ६–४, ६–१ मा, राजेन्द्रसिंह भण्डारीले बसन्त प्रधानलाई प्रतिस्पर्धात्मक खेलमा २–६, ६–१, ६–३ मा तथा पदम गुरुङ्गले शान्तालाल श्रेष्ठलाई ६–४, ६–२ मा पराजित गर्दै क्वाटरफाइनमा स्थान पक्का गरे ।
४५वर्ष माथिको एकलमा मनोज विक्रम शाहले नारायण पहारीलाई ६–१, ६–२ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित पारे । त्यस्तै फिन्ल्याण्डका पेक्का रन्तलापनि क्वाटरफाइनलमा पुगेका छन् । पहिलो सेट ६–४ ले आफ्नों पक्षमा पारेका भारतिय खेलाडी आशिष परमार दोश्रो सेटमा घाइते भएपछि उनले वाकओभर दिएका हुन् । दोश्रो सेटको खेलमा रन्ताला २–० ले अघि थिए । यसअघि ४५ वर्ष माथिएको एकलतर्फ सोमबार वर्षातका कारण पुरा हुन नसकेको खेलमा राजु गुरुङ्गले शिबप्रसाद सेढाईलाई ६–३, ३–६ र ७–६ को चुनौतीपूर्ण सेटमा पराजित गरेका थिए । त्यसैगरि सोही स्पर्धामा सुदर्शन विष्टले भारतका अविनास चन्द्र राष्टोगीलाई २–६, ७–६ र ६–३ को प्रतिस्प्रधात्मक सेटमा पराजित गरेर दोश्रो चरणमा स्थान बनाए । प्रतियोगिताका बाँकि खेलहरु जारी रहेका छन् ।

Comment