निम्स क्वाटरफाइनलमा

 निम्स दोश्रो एपेक्स लाइफ यु–१२ अन्तरविद्यालय छात्र फुटसल प्रतियोगितामा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । समूह ‘ए’ को लिग खेलमा निम्सले टीआईएलाई १–० गोलले पराजित ग¥यो । निम्सका आयुश खड्काले निर्णायक गोल गरे । समूह ‘डि’ को लिगमा साविक उपविजेता संस्कृतिले आयोजक एपेक्स लाइफ स्कुललाई २–१ गोलले हराउदै उपविजेताका रुपमा क्वाटरफाइनलमा पुग्यो । सिद्धार्थ बनस्थली यसअघि नै समूह विजेता बन्दै क्वाटरफाइनलमा पुगिसकेको छ ।अर्को समूह चरणको खेलमा अमर इङलिस स्कुलले डिफेन्डिङ च्याम्पियन विद्या संस्कारलाई ७–२ गोलले स्तब्ध पा¥यो । अमरका अशोक श्रेष्ठ, प्रसुन श्रेष्ठ र सुदिन डंगोलले २–२ तथा यमविक्रम सेन ठकुरीले १ गोल गरे । विद्या संस्कारका अथवा कोइराला र निर्भिक थापाले १–१ गोल गरे ।

Comment