लक्ष्मीले जितिन् पारा पौडीमा स्वर्ण


पारा ओलम्पियन लक्ष्मी कुँवर सोमबार भएको प्रथम सुरेन्द्र स्मृत पारा पौडी प्रतियोगिताको ५० मिटर स्पाइनल इन्जोरतर्फको इभेन्टमा स्वर्ण पदक जितेकी छन् । उनी रियो पारालिम्पिकमा सहभागी खेलाडी हुन् । उनले ५० मिटर दुरी १ मिनेट १३ दशमलव ९७ सेकेन्डमा पार गरेकी थिइन् । यस अघि नेपालमा पारा पौडीको २५ मिटरको मात्र इभेन्ट हुने गर्दथियो । पहिलो पटक स्वदेशमा नै ५० मिटरको दुरीको स्पर्धामा सहभागी हुन पाएकोमा उनले खुसी व्यक्त गरिन् ।
व्हिलचियर प्रयोग गर्नेहरुको सो स्पर्धामा सोनिया दाहालले सोनिया दाहालले १ मिटर १८ दशलम २१ सेकेन्ड दुरी पार गर्दै दोस्रो भइन् । अनु राईले १ मिटर २८ दशमल २२ सेकेन्डमा दुरी पार गर्दै तेस्रो स्थानमा चित्त बुझाइन् ।
सातदोबाटोस्थित पौडी पोखरीमा भएको सो प्रतियोगिताको पुरुषको ५० मिटर स्पाइनलमा अक्कल तामाङ प्रथम भए । उनले ५८ दशलमब ७८ सेकेन्डमा दुरी पुरा गरे । दिपक तामाङले १ मिटेर १२ दशमल ८९ सेकेन्डमा दुरी पुरा गर्दै दोस्रो स्थान कब्जा जमाए । रमा तामाङ तेस्रो भए । उनले १ मिनेट ३५ दशमल ९७ सेकेन्डमा दुरी पुरा गरे ।
एम्पुटीतर्फका ५० मिटर फ्रिस्टाईमा महिलातर्फको स्पर्धामा सिरता छुलुङ प्रथम भइन् । उनले ५५ दशमलव ३८ सेकेन्डमा दुरी पुरा गरिन् । भावना अधिकारीले १ मिनेट ४७ दशमल ३३ सेकेन्डमा दुरी पुरा गर्दै दोस्रो भइ्न । सो स्पर्धामा सर्मिला सिलवालले निर्धारित दुरी पुरा गरेकी थिइन् ।
सो स्पर्धाको पुरुषतर्फ भिम कुमारले ३४ दशमलव १८ सेकेन्डमा दुरी पुरा गर्दै स्वर्ण जिते भने जंगबहादुर मगरले ३७ दशमल ८२ सेकेन्डमा दुरी पुरा गर्दै दोस्रो स्थान ल्याएको राष्ट्रिय पारा पौडी संघका अध्यक्ष सरोज श्रेष्ठले बताए । त्यसैगरि रमेश खत्री ४५ दशमलब ७८ सेकेन्डमा दुरी पुरा गर्दै तेस्रो भए । विजयी खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले पुरस्कार तथा मेडल प्रदान गरेका थिए । प्रतियोगिताको उद्घाटन भने राखेपका बोर्ड सदस्य शैलेश कर्माचार्य र राष्ट्रिय पारालिम्पिक कमिटीका कार्यवहाक अध्यक्ष केदारबाबु शिवाकोटीले गरेका थिए ।
नेपालमा यस अघि पारा पौडी प्रतियोगिता २५ मिटरमा मात्र गराइदै आएकोमा पहिलो पटक ५० मिटरमा स्पर्धा गराइएको राष्ट्रिय पारा पौडी संघका अध्यक्ष सरोज श्रेष्ठले बताए । प्रतियोगिता दुइ दर्जन खेलाडीको सहभागीता रहेको थियो ।

 

Comment