सिद्धार्थ बनस्थली क्वाटरफाइनलमा


सिद्धार्थ बनस्थली दोश्रो एपेक्स लाइफ यु–१२ अन्तरविद्यालय छात्र फुटसल प्रतियोगितामा सोमबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । सिद्धार्थ बनस्थलीले साविक उपविजेता संस्कृतिलाई ५–१ गोलले पराजित ग¥यो । विजयी टिमका लागि कृश थापाले ह्याट्रिक गरे भने आर्जन मगरले १ गोल थपे । बाँकी १ गोल आत्माघाती थियो । संस्कृतिका अगरले सान्त्वना गोल गरे ।
एपेक्स लाइफ स्कुलद्वारा आयोजित प्रतियोगिताको अन्य लिग खेलमा बाबा, द इलाइट्स को–एड र निम्सले सफलता हात पारे ।
बाबाले आईडिल इङलिस स्कुललाई ६–० को फराकिलो गोलअन्तरले हरायो । धन्डुप गुरुङ र नाम्गेल थापाले २–२ तथा अहमद श्रेष्ठ र मनीष लुइटेलले १–१ गोल गरे । इलाइट्सले मातृभूमिमाथि २–० को जित निकाल्यो । विजेताका कृष्ण विक र आम्सराज सिंहले १–१ गोल योगदान गरे ।
अमर विरुद्धको खेलमा निम्स ५–२ गोलले विजयी भयो । निम्सका आयुश खड्काले ३ तथा सिधु लामाले २ गोल गरे । अमरका यमविक्रम सेन ठकुरीले २ गोल फर्काए ।

 

Comment