जिएसटीसीलाई उपाधि


ललीतपुर स्पोर्ट्स प्रशिक्षण केन्द्रको आयोजनामा सञ्चालन भइरहेको साउथ एसिया स्पोर्ट्स फर डेभ्लपमेन्ट परियोजना अन्तरगत इन्टर स्कुल महिला फुटबल प्रतियोगिताको उपाधि गरुडा स्पोृर्ट्स प्रशिक्षण केन्द्र ( जिएसटिसी)ले जितेको छ । फाइनलमा गरुडाले चुनदेवी शिक्षा मन्दीरलाई २–१ ले पराजित गरेको हो । जिएसटीसीकी मनीषा थापा मगर उत्कृष्ट खेलाडी घोषित भइन् । विजेता टोली तथा खेलाडीलाई पूर्व मन्त्री विराज विष्ट र निदान हस्पीटलका कार्यकारी निर्देशक अभिशेक श्रेष्ठले पुरस्कार प्रदान गरे ।

Comment