सदाबाहर कान्छीमाया नै लोकप्रीय, किरण र नङसल उत्कृष्ट


खेलकुद पत्रकार मञ्चले आयोजना गरेको पल्सर स्पोर्ट्स अवार्डको लोकप्रीय विधामा एथलेटिक्स खेलाडी कान्छीमाया कोजुले सफलता पाएकी छिन् । एसएमएस भोटीङ र फेसबुक लाइकको आधारमा लोकप्रीय खेलाडी चयन भएकी हुन् । मध्यम तथा लामो दुरीमा सफल कान्छीमाया लागातार डेढ दशक भन्दा बढी समय नेपाली खेलकुदमा छाइरहेकी छिन् । डेढ दशकको विचमा भिन्न आरोह अबरोहको सामना गरेकी कोजुले बारम्बारको चोटको कारण पनि कमब्याक गर्दै आएकी हुन् । निरन्तर अभ्याष र परिश्रम गर्ने आदत भएकी कोजु १ हजार मिटर देखि माथिको सबै स्पर्धामा सक्षम धाबीका हुन् ।
फुटबलका किरण लीम्बुु बर्षका उत्कृष्ट पुरुष खेलाडी तथा ब्याडमिन्टनकी नङसलदेवी तामाङ उत्कृष्ट महिला खेलाडी घोषित भए । किरणसंगै ब्याडमिन्टनका रत्नजित तामाङ, क्रिकेटका शरद भेषवाकर,एथलेटिक्सका सोमबहादुर कुमाल र भलीबलका मान बहादुर श्रेष्ठ मनोनयनमा परेका थिए । नेपालले एएफसी सोलीडारिटी कप फुटबलको उपाधि जित्दा टोलीका गोलरक्षक किरणको भुमिका महत्वपूर्ण रहेको थियो ।
उत्कष्ट महिला खेलाडीमा नङसलदेवीसंगै एथलेटिक्सकी कान्छीमाया कोजु, आर्चरीकी ज्ञानु अवाले,फुटबलकी सावित्रा भण्डारी र एथलेटिक्सकी सरस्वती भट्टराइ मनोनयनमा परेका थिए । जुडोकी मनीता श्रेष्ठ प्रधान उत्कृष्ट युवा खेलाडी घोषित भएकी छिन् । ११ औ एसियाली क्याडेट तथा १८ औ एसियाली जुनियर जुडोको काश्य पदक विजेता मनीतासंगै क्रिकेटका दिपेन्द्र सिंह ऐरी,फुटबलका अनन्त तामाङ,भारोत्तलनकी कमला श्रेष्ठ भलीबलकी प्रतिभा माली मनोनयनमा परेका थिए । एथलेटिक्सका पुष्पराज ओझा उत्कृष्ट प्रशिक्षक घोषित भए । उनीसंगै फुटबलका ग्योतुको कोजी र मेघराज केसी,क्रिकेटका जगत टमाटा र ब्याडमिन्टनका किरण थापा मनोनयनमा परेका थिए । सातौ राष्ट्रिय खेलकुदमा ओझाको प्रशिक्षणमा एथल्टिक्समा आर्मी क्लब पहिलो भएको थियो । लाइफ टाइम अचीभमेन्ट अवार्ड गल्फर घनश्याम थापालाई प्रदान गरियो ।पुरुष भलीबल टिम बर्षको उत्कष्ट टिमको पुरस्कार पाउन सफल भयो ।

Comment