आईटीएफ सिनियर्स टेनिस सोमबारदेखि

कास्की जिल्ला लनटेनिस संघको आयोजनामा एनआईसी–एसिया नेपाल आईटीएफ सिनियर्स च्याम्पियनसिप सोमबारदेखि पोखरामा सुरु हुँदैछ । प्रतियोगितामा नेपाल, भारत र फिनल्यान्डबाट जम्मा ८७ खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजक संघका अध्यक्ष विनोद कायश्थले जनाएका छन् । नेपालबाट ५९, भारतबाट २७ र फिनल्यान्डबाट १ खेलाडी सहभागी हुनेछन् । भेट्रान ३५, ४५ र ५५ वर्षमाथि सिंगल्स र डबल्समा स्पर्धामा खेल हुने बताइएको छ । पोखरा रंगशाला परिसरमा रहेको टेनिक कम्प्लेक्स हुने प्रतियोगिता दुई भागमा विभाजन गरिएको छ । सर्किट १ सेप्टेम्बर ११ देखि १६ तथा सर्किट २ सेप्टेम्बर १८ देखि २३ तारिखसम्म सञ्चालन हुनेछ । प्रतियोगिता सञ्चालन गर्न करिब १० लाख रुपैयाँ खर्च हुने अध्यक्ष कायश्थले जानकारी गराए ।

Comment