तेक्वान्दोको रुपन्देही जिल्ला अधीबेशन


रुपन्देही जिल्ला तेक्वान्दो संघको दोस्रो जिल्ला अधिबेशनले दिपेन्द्र बुढापृथीलाई अध्यक्षमा चयन गरेको छ । निर्बीरोध निर्वाचीत संघको उपाध्यक्षमा मदन थापा मगर , सचिवमा राकेश यादव, कोशाध्यक्षमा रुक्मा थपलिया र सह सचिवमा बिष्णु चौधरी चयन भए । सदस्यहरूमा ओम प्रकाश थापा, सरस्वती शाही ,सुमन पौडेल ,प्रेम राना निर्वाचीत भए । निर्वाचन अधिकृत अधिवक्ता पुरन प्रसाद श्रेष्ठ र केन्द्रिय प्रतिनिधि नेपाल तेक्वान्दो संघका केन्द्रिय सदस्य कोशिश बहादुर खड्काका साथै जिल्ला खेलकुद बिकास समिति रुपन्देहीको प्रतिनिधि उमा अधिकारीको उपश्थितीमा अधीबेशन सम्पन्न भएको हो ।अधीबेशनमा सभामा तेक्वान्दो खेलाडी तथा डोजाङ प्रमुखको पनि उपस्तिथि थियोे । निबर्तमान जिल्ला अध्यक्ष प्रकाश मान राजभण्डारीको सभापतित्वमा भएको कार्यक्रममा संस्थापक जिल्ला अध्यक्ष पराग दास गोर्खाली, प्रमुख अथिती नेपाल तेक्वान्दो संघका केन्द्रिय सदस्य कोशिश बहादुर खड्का, बिशिस्ट अथिती जिल्ला खेलकुद बिकाश समिति रुपन्देहीका प्रतिनिधि उमा अधिकरीले शुभकामना ब्यक्त गरे । अधीबेशनमा रुपन्देही ब्यापार संगठनका कोशाध्यक्ष सचिन रोक्का र शिर्शिरे युवा क्लबका अध्यक्ष अनिल गुरुङले पनि शुभकामना ब्यक्त गरेका थिए । एभरेस्ट पार्टी प्यालेश बैंक रोड भैरहवामा सम्पन्न भएको उद्घाटन समारोहमा जिल्ला सचीव राकेश यादवले कार्यक्रम सन्चालन गरेका थिए ।

Comment