नेपाल साबा यु–१६ बास्केटबलमा तेश्रो


घरेलु टोली नेपाल साबा यु–१६ पुरुष बास्केटबल प्रतियोगितामा शनिबार तेश्रो भएको छ । दक्षिण एसियाली ५ राष्ट्र सहभागी सिंगल राउन्ड रोविन लिगका आधारमा भएको प्रतियोगितामा ६ अंक जोड्दै नेपाल तेश्रो भएको हो । नेपालले प्रतियोगितामा समान २–२ जित र हार व्यहो¥यो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतियोगिताकै अन्तिम खेलमा नेपालले माल्दिभ्सलाई १०३–४१ ले पराजित ग¥यो । नेपालको जितमा गेल्चेन शेर्पाले सर्वाधिक २५ अंक योगदान गरे । अघिल्ला तीन खेलमा सर्वाधिक स्कोर गर्दै आएका अभिषेक सिंहले नेपालको स्कोर बोर्डमा २० अंक थपे ।
नेपालले चारै क्वाटरमा अग्रता बनाएको थियो । पहिलो क्वाटरमा ३०–१० ले अगाडि बढेको नेपालले अग्रतालाई कायम राख्दै ३१–४, १९–१२ र २३–१५ को प्रदर्शन ग¥यो । नेपाल बास्केटबल संघद्वारा आयोजित प्रतियोगितामा अपेक्षा गरिएझै भारतले उपाधि जित्यो । आफ्नो अन्तिम खेलमा प्रतियोगिताको एक मात्र अपराजित टोली भारतले भुटानलाई १३१–५० ले हरायो । विजयी टिमका लागि प्रिन्स पाल सिंहले २० स्कोर गरे । प्रिन्स ‘मोस्ट भेलुएबल प्लेयर’ पनि चुनिए ।
पहिलो क्वाटरमा ४०–७ को फराकिलो अन्तरले अग्रता बनाएको भारत दोश्रोमा २०–२१ ले पछि प¥यो । भारतले तेश्रोमा ४१–१० र चौथोमा ३०–१२ अंक जोड्दै जित अन्तर फराकिलो बनायो । भारत ८ अंकसाथ पहिलो भएको हो ।
उपाधिसंगै भारतले अक्टोबरमा मलेसियामा हुने पाँचौं एसियाली यु–१६ पुरुष बास्केटबलमा समेत स्थान पक्का गरेको छ । यो प्रतियोगितामा शीर्ष स्थान हासिल गर्ने टोली उक्त प्रतियोगितालाई छनोट हुने प्रावधान छ ।
बंगलादेश ७ अंकसाथ दोश्रो, भुटान ५ अंकसाथ चौथो र माल्दिभ्स ४ अंकसाथ पाँचौं भए । कुनैपनि खेल नजित्नेमा माल्दिभ्स मात्र रह्यो ।

 

Comment