सिड्नीमा आइतबार बास्केटबल

सिड्नीको हर्ट्सभिल बास्केटबल कोर्टमा आइतबार नेपालीहरुको विचमा एक दिवसिय बास्केटबल प्रतियोगिता हुने भएको छ । आठ टोलीको सहभागिता रहेको प्रतियोगितामा यस पटक सिड्नी बाहीरको तीन टोली भने सहभागि नभएको प्रतियोगिता संयोजक गणेश थापाले जानकारी दिए । उद्धोगी मुक्ती रोकाको प्रमुख आतीथ्यमा हुने कार्यक्रमको साथसाथै अल स्टार भलीबल खेल पनि हुने जनाइएको छ ।
भलीबल खेल राष्ट्रिय रेफ्रि चकमना पुनले सञ्चालन गर्ने तथा बास्केटबल खेल सोही स्थानमा रहेका अन्तराष्ट्रिय रेफ्रिले सञ्चालन गर्ने जनाइएको छ । कार्यक्रम सञ्चालन मोडल विजय जंग थापाले गर्ने छन् । विज बजर्सको सहयोगमा हुने कार्यक्रममा एभरेस्ट कम्युनस्केसन कम्युनिकेसन पार्टनर तथा नेपाली टाइम्स र लुक्ला टेलिभिजन मिडिया पार्टनर रहेका छन् ।

Comment