भारत उपाधिको नजीक


उपाधि दाबेदार भारतले साबा यु–१६ पुरुष बास्केटबल प्रतियोगितामा शुक्रबार लगातार तेश्रो जित हात पारेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भारतले घरेलु टोली नेपाललाई १०६–३९ ले पराजित ग¥यो । भारतको जितमा प्रतियोगिताकै अग्ला खेलाडी ६ फिट १० इन्चका प्रिन्स पाल सिंहले ४५ अंक योगदान गरे ।
सबै क्वाटरमा हावी रहेको भारतले चार क्वाटरमा क्रमशः २६–१२, २४–७, ३२–१२ र २४–८ अंक जोडेको थियो । भारतले आफ्नो अन्तिम खेलमा भुटानसंग शुक्रबार खेल्ने छ । भारतले यसअघि बंगलादेश र माल्दिभ्सलाई हराएको थियो ।
नेपालका लागि विगतका खेलमा झै अभिषेक सिंहले सर्वाधिक अंक जोडे । उनले नेपालको स्कोर बोर्डमा २० अंक जोडे । गेल्सन शेर्पाले ११, आशिष बस्नेतले ६ र चिरञ्जिवी रोकायाले २ अंक थपे ।
यसअघि पहिलो खेलमा बंगलादेशले माल्दिभ्सलाई १०७–५२ ले हराएको थियो । बंगलादेशले पहिलो क्वाटरमा ३६–२ र दोश्रोमा २४–१० को अग्रता बनाएको थियो । तेश्रो क्वाटर २१–२१ को बराबरीमा सकियो । चौथो क्वाटर बंगलादेशले २६–१९ ले आफ्नो पक्षमा पा¥यो । बंगलादेशका काजी रइतु इस्लामले २१ स्कोर गरे । प्रतियोगिताको अन्तिम दिन शुक्रबारै माल्दिभ्सले नेपालको सामना गर्नेछ ।

Comment