अमेरिकामा खेलाडी संघको शाखा


११ औ सागका स्वर्ण पदक विजेता तथा एसिया प्यासीफीक सितेरियो करातेका स्वर्ण विजेता सुनिल लामाको अध्यक्षतामा नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघको शाखा गठन भएको छ । संघका अध्यक्ष दिपक श्रेष्ठ तथा निर्वतमान अध्यक्ष दिपक विष्टको उपश्थितीमा अमेरिकामा बस्ने नेपाली खेलाडीहरुको भेलाले १० औ सागकी रजत पदक विजेता तेक्वान्दोकी पद्मा गुरुङ र ११ ओ सागकी रजत विजेता फुटबल रक्षक तुलसा सिंहलाई उपाध्यक्षमा चयन गरेको छ । यसैगरी, नेपाली फुटबल टोलीका पूर्व मिडफील्डर पर्वत पाण्डे सचिव भएका छन् । तेक्वान्दोका पूर्व राष्ट्रिय खेलाडी पुष्प थापा मगर सचिव भए भने ११ औ सागकी रजत विजेता फुटबलकी उषा भण्डारी सहित करातेका राजु सुनुवार,फुटबलका प्रलय राजभण्डारी र रमेस कटुवालको साथै ११ औ सागकी रजत विजेता फुटबल मिडफील्डर लक्ष्मी पौडेल सदस्य भए । तेक्वान्दोकी विभा राइ पनि सदस्य भइन् ।

Comment