तेक्वान्दो खेलाडीको सम्मान तथा बेल्ट टेस्ट


द एभरेडी फीटनेस सेन्टरको आयोजनामा सिद्धार्थनगर नारायणपथश्थित सेन्टरकै हलमा तेक्वान्दो बेल्ट टेस्ट तथा खेलाडी सम्मान कार्यक्रम सम्पन्न भएको छ । नेपाल खानेपानी तथा सरसफाइ राज्य मन्त्री अब्दुल रज्जाकको प्रमुख आतीथ्य तथा फीटनेस सेन्टरका प्रबन्ध निर्देशक रुक्मा थपलीया खड्काको सभापतीत्वमा भएको कार्यक्रममा ८० जना खेलाडीको बेल्ट टेस्ट भएको थियो । टेस्ट दीएका खेलाडीलाई प्रमुख अतिथी रज्जाकको प्रमाणपत्र वितरण गरे ।
बेल्ट टेस्टमा सर्बोत्कृष्ट भएका अनुकृत गुरुङका साथै ११ औ बिश्व तेक्वान्दो कल्चर एक्सपो २०१७ का पदक विजेता खेलाडी, प्रशिक्षक ब्यबस्थापक र टिम लिडरलाई सम्मान गरियो । सोही अबसरमा विगत दुइ दशक देखि कुशल तेक्वान्दो खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान भएका पारस दास गोर्खालीलाई पनि सम्मान गरिएको तेक्वान्दो प्रशिक्षण कोशीष खड्काले जानकारी दिए । कार्यक्रममा बोल्दै अभिभावक डा. कौशल श्रेष्ठले जिवनमा शिक्षा र खेलकुदको महत्वबारे प्रकास पारे । यसैगरी, फीटनेस सेन्टरका प्रमुख सल्लाहकार तथा लायन्स क्लब अफ होलीसीटीका सस्थापक अध्यक्ष ओम कुमार श्रेष्ठले सिभार्थनगर एउटा तेक्वान्दो हलको आबस्यकता रहेको औल्याए ।
प्रमुख अतिथी रज्जाकले खेलाडीले भबीश्यमा राम्रो प्रदर्शनको बिश्वास ब्यक्त गर्दै सिद्धार्थनगरमा स्वस्थ्य जनशक्ति निमार्णमा यस फीटनेस क्लबको भुमिका प्रसंसनीय रहेको बताए । कार्यक्रममा वार्ड नम्बर ६ का वार्ड अध्यक्ष विरेन्द्र श्रीबास्तब,वार्ड नम्बर पाचँका सदस्य इ। सुबोध तुलाचन, वार्ड नम्बर १३ का सदस्य प्रकास बहादुर सिंह, वार्ड नम्बर सातका सदस्य किरण घिमिरे र वार्ड नम्बर आठका सदस्य उमेस थापा मगरको पनि उपश्थिती थियो । यसैगरी,रुपन्देही तेक्वान्दो संघका बरिष्ठ उपाध्यक्ष दिपेन्द्र बुढाथोकी,सिरसिरे युवा क्लबका अध्यक्ष अनिल गुरुंग र बेलहीया तेक्वान्दो डोजांगका प्रमुख शोभीत शाहीको पनि उपश्थिती थियो । फीटनेस सेन्टरका सदस्य माला वि.कले सञ्चालन गरेको कारर्यक्रममा फीटनेस सेन्टरका निर्देशक तथा तेक्वान्दो प्रशिक्षक कोशीषले स्वागत मन्तब्य तथा प्रबन्ध निर्देशक रुक्पाले धन्यबाद ज्ञापन गरेका थिए ।

Comment