किरण, रत्नजित , शरद, सोमबहादुर  र मान बहादुर  मनोनयननमा

नेपाल खेलकुद पत्रकार मञ्चले २६ भदौमा आयोजना गर्ने पल्सर स्पोर्ट्स अवार्डका लागि वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला र युवा तथा प्रशिक्षक विधामा ५–५ जनाको मनोनयन सार्वजिनक गरेको छ । राजु घिसिङ तामाङ संयोजक तथा निरन्जन राजवंशी, हिमेशरत्न बज्राचार्य, प्रजित शाक्य, सरिता श्रेष्ठ, आदर्श ढकाल र प्रज्वल ओली सदस्य रहेको खेलाडी छनोट समितिको सिफारिसअनुसार मनोनयन सार्वजनिक गरिएको हो ।

वर्षका उत्कृष्ट पुरुष खेलाडीमा फुटबलका किरणकुमार लिम्बु, ब्याडमिन्टनका रत्नजित तामाङ,क्रिकेटका शरद भेषावकर, एथलेटिक्सका सोमबहादुर कुमाल, भलीबलका मान बहादुर श्रेष्ठ मनोनयनमा परेका छन् । एएफसी सोलिडारिटी कप च्याम्पियन टोलीका गालेरक्षक किरणले सेमिफाइनलमा लाओससंग टाइब्रेकरमा ३ पेनाल्टी रोकेका थिए । एएफसी एसियन कप छनोटमा फिलिपिन्ससंगको खेलमा पनि १ पेनाल्टी बचाउ गरेका उनी माल्दिभ्सको प्रिमियर लिग क्लब टीसी स्पोर्ट्मा अनुबन्धित हुदै सो क्लबलाई बंगलादेशमा भएको शेख कमल अन्तर्राष्ट्रिय क्लब कपमा टीसी स्पोर्ट्सलाई च्याम्पियन बनाउन महत्वपूर्ण योगदान पु¥याएका थिए । रत्नजितले दिदी नङ्सलसंग पाकिस्तान इन्टरनेसनल सिरिजमा मिक्स डबल्सतर्फ च्याम्पियन । भए । यूएस ओपन २०१६ मा प्रि–क्वाटरफाइनल  पुगेका उनी सातौं राष्ट्रिय खेलकुदमा मेन्स सिंगल्स, डबल्स, मिक्स डबल्स र टिममा गरी ४ स्वर्ण जित्न सफल थिए । पुष्पलाल स्मृति, कृष्णमोहन स्मृति र राष्ट्रिय खुला ब्याडमिन्टनमा च्याम्पियन भएका उनी घरेलु प्रतियोगितामा एकै सिजनमा सिंगल्स र टिममा गरी १० उपाधि र १ मा उपविजेता भए । शरद भेषावकरले गत बर्ष नौ खेलमा २६४ रन जोड्दै ४ विकेट लिए । यस क्रममा उनले नटआउट ३ अर्धशतक पुरा गरे । सोमबहादुले ब्रुनाई ओपन एथलेटिक्स च्याम्पियनसिपमा १ स्वर्ण र  १ रजत पदक जितेका थिए । उनले ४ सय मिटरमा स्वर्ण र ८ सय मिटरमा रजतपदक जितेका हुन् । उनले सातौं राष्ट्रिय खेलकुदमा ३ स्वर्ण (४ सय मिटर, ८ सय मिटर र ४ गुणा ४ सय मिटर) जितेका थिए । मानबहादुरले मालेमा भएको तेस्रो एसियन सेन्ट्रल जोन मेन्स भलिबल च्याम्पियनसिपमा नेपालले ऐतिहासिक कांस्यपदक जित्दा प्रतियोगिताकै बेस्ट आउटसाइड अट्याकरको अवार्ड जितेका थिए । बंगबन्धु एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप ढाकामा २ पल्ट म्यान अफ द म्याच भएका उनले सातौं राष्ट्रिय खेलकुदमा स्वर्णपदक जितेका थिए ।

Comment