नेपाल भलिवल क्लबलाई पहिलो स्थान


मुश्लिम धर्मालम्बीको महान चाड वक्री ईदको अवसरमा नेपाल स्पोट्रस क्लब, अलकुजको आयोजनामा युएइमा नेपाली समुदय विच भलिवल प्रतियोगिताको आयोजना भयो । सो खेलमा सहभागिता जनाउन युएइमा रहेका धेरै नेपाली उत्साहित रहे । साथै दर्शकको पनि उल्लेख्य उपस्थिती रहेको थियो । शनीबार साझ अबेर सम्पन्न २६ टोली सहभागि प्रतियोगितामा नेपाल भलिवल क्लब युएईले उपाधि हात पारेको छ । विजयी टोलीले १ हजार ८ सय दिरहाम पुरस्कार पाएको छ । कुनै समय नेपाली भलीबलका चर्चीत ब्यक्तित्व ईश्वर घमालले धेरै मिहनेतको कारण आफ्नो टोली विजयी भएको प्रतिक्रिया दिए । प्रतियोगितामा उदयीमान खेलाडी डायमण्ड वस्नेतको खेल हेर्न लायक रहेको थियो । त्यसोत, सवैखेलाडीले राम्रो प्रदर्शन गरेको विजयी टोलीका कप्तान सन्तोष गुरुगले वताए । उपविजयी जवल अलि स्पोर्ट्स क्लबका टिम संयोजक हीरा लाल श्रेष्ठले आफ्नो खेलाडीहरुको राम्रो खेले पनि दिन र रातको लगातार थकानको कारण निर्णायक सेटमा चुकेको प्रतिक्रिया दिए । टिम कप्तान राजन रानाभाटले सवै खेलाडीहरुले महीनेत गरेको भन्दै आभारी रहे । उपविजयी टोलीका देव लिम्वुको प्रदर्शन प्रशशंसनीय रहेको थियो । उपविजयी टोलीले १ हजार २ सय दिरहाम पुरस्कार पायो ।
फाइनल प्रबेशको क्रममा सेमी फाईनलमा नेपाल भलिवल क्लबले आईकाड आवुधावीलाई र जवल अली स्पोर्ट्स क्लबले मोना म्याग्दीलाई पराजित गरेका थिए ।

Comment