भ्याली पब्लिक र पुष्पसदनलाई उपाधि

भ्याली पबिलक र पुष्पसदनले चौथो बृहस्पति कप अन्तरविद्यालय मिनी बास्केटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेका छन् । भ्याली पब्लिक गल्र्स तथा पुष्पसदन ब्वाइजमा च्याम्पियन बने । बृहस्पति विद्या सदनद्वारा आयोजित प्रतियोगिताको गल्र्स फाइनलमा भ्याली पब्लिकले द चाँदबाग स्कुललाई १९–१७ को साँघुरो अन्तरले पराजित ग¥यो । भ्याली पब्लिकको जितमा सुमिना तामाङले ८ अंक योगदान गरिन् । शुक्रबारै भएको सेमिफाइनलमा भ्याली पब्लिकले श्रीदिवालाई ३०–६ तथा चाँदबागले एलआरआईलाई १८–८ ले हराएका थिए ।ब्वाइजको उपाधि भिडन्तमा पुष्पसदनले एन्जल्स हार्टलाई २१–१३ ले पाखा लगायो । पुष्पसदनका दिल्सान महर्जनले ८ स्कोर गरे । ब्वाइजको सेमिफाइनल पनि शुक्रबारै भएको थियो । त्यसमा एन्जल्स हार्टले बाबालाई ३९–१८ तथा पुष्पसदनले स्वर्णिम स्कुललाई ३६–६ ले पराजित गरेका थिए ।गल्र्समा चाँदबागकी दिब्या गुरुङ तथा ब्वाइजमा एन्जल्स हार्टका सागर परियार ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिए । गल्र्समा चाँदबाग र ब्वाइजमा स्वर्णिमले अनुशासित टिमको उपाधि हात पारे ।विजेतालाई बृहस्पतिका अध्यक्ष पुरुषोत्तमराज जोशी, प्रिन्सिपल सुमन थिङ लामा सल्लाहकार मुरारीनिधि तिवारी, एकेडेमिक कोओर्डिनेटर ईश्वरी ज्ञवाली, ह्युम्यान रिसोर्स इन्चार्ज रचना कार्कीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । भदौ ११ गतेदेखि सुरु प्रतियोगिताको ब्वाइज र गल्र्समा समान १२–१२ गरी २४ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । ब्वाइज र गल्र्स दुवैमा यु–१२ उमेरसमूहमा प्रतिस्पर्धा भएको थियो ।

Comment