ईटलीको नेपोलीमा भेट्ने वाचाकासाथ २९ युनिभर्सियाड सम्पन्न

ईटलीको नेपोलीमा भेट्ने वाचाकासाथ २९ युनिभर्सियाड सम्पन्नईटालीको नेपोलीमा फेरी भेट्ने वाचाका साथ २९ औ युनिभर्सियाड २०१७ खेलकुद ताईपेईमा सम्पन्न भएको छ । उक्त अवसरमा अन्तराष्ट्रिय विश्वविद्याय खेलकुद महासंघका अध्यक्ष ओलेग म्याटिटसिनले फिसुको झण्डा ईटली विश्वविद्यालय खेलकुद महासंघका अध्यक्षलाई हस्तान्तरण गरे । विगत १२ दिन देखि ताईवानको अत्याधुनिक सहर ताईपेईमा आयोजना भईरहेको प्रतियोगिताको भव्य समापन समारोहविच उक्त घोषणा गरिएको हो । विभिन्न ११७ देशबाट छनोट भएका विश्वविद्यालयस्तरका करिव ९ हजार खेलाडीहरुले २२ खेलमा सहभागिता जनाएका थिए । जसमा ३७ स्वर्ण, २७ रजत र ३७ कास्यका साथ पहिलो स्थानमा जापान रहेको छ । दोश्रो स्थानमा दक्षिण कोरियाले ३० स्वर्ण, २२ रजत र ३० कास्य जितेको छ । तेश्रो स्थानमा रहेको आयोजक ताईपेईले २६ स्वर्ण, ३४ रजत र ३० कास्य हात पारेको छ ।ओलम्पिक पछिको दोश्रो भब्य प्रतियोगिताको रुपमा रहेको यस युनिभर्सियाड प्रतियोगितामा नेपाली ओलम्पियन तेक्वान्दो खेलाडी निशा रावलबाट नेपाली टोलीले पदकको आशा राखेको थियो । ओलम्पियन स्वर्ण पदकधारी खेलाडीहरुको समेत सहभागिता रहेको प्रतियोगितामा टेबल टेनिस तर्फ खेलाडीहरुले उच्च प्रदर्शन गरेका थिए । भब्यताकाविच सम्पन्न खेललार्ई सफलपार्न ताईवानले कुनै कसर बाँकी राखेको थिएन । खेलाडीहरुलाई पूर्ण रुपमा सुरक्षा प्रदान गरिएको थियो । खेलाडी हिडेको बसको अगाडी पछाडी प्रहरीको गस्ती गरिएको थियो । बाटामा समेत उल्लेखनिय रुपमा प्रहरीहरु तैनाथ गरिएका थिए । करिव ५० हजार प्रहरी तथा सेनालाई परिचालन गरिएको थियो । खेलाडीहरुलाई खेल मैदान सम्म पु¥याउंदा बाटामा सवारी साधनहरुलाई निषेधित गरिएता पनि ताईपेईका जनाताले वेलकम ताईपेई भनेर आतिथ्यता प्रदान गरेका थिए ।( समाचार तथा तस्बिर ः ताइवानबाट दामोदर अर्याल) 

Comment