बृहस्पतिको विजयी सुरुआत


आयोजक बृहस्पति विद्या सदनले चौथो बृहस्पति कप अन्तरविद्यालय मिनी बास्केटबल प्रतियोगिताको गल्र्समा आइतबार विजयी सुरुआत गरेको छ । बृहस्पति ‘बी’ ले अक्षरालाई १४–३ ले पराजित ग¥यो । बृहस्पतिकी संज्ञा थापाले ७ अंक जोडिन् ।
गल्र्समै चाँदबाग ‘बी’ र भ्याली पब्लिकले पनि जित हात पारे । चाँदबाग ‘बी’ ले बृहस्पति ‘ए’ लाई ११–४ ले हरायो । विजयी टिमका लागि सिमोन गुरुङले ६ स्कोर गरिन् । सुमिना तामाङको ५ अंक सहयोगमा भ्याली पब्लिकले चाँदबाग ‘ए’ लाई ११–८ ले पन्छायो ।
नक्सालस्थित आयोजककै हातामा भइरहेको प्रतियोगिताको ब्वाइजमा एन्जल्स हर्टले चाँदबागलाई ४०–१६, पुष्पसदनले लिटिल एन्जल्स (एलए) लाई २०–४ तथा नालान्दाले बृहस्पतिलाई ८–६ ले पाखा लगाए । एन्जल्स हर्टका ओसिस केसीले १८, पुष्पसदनका सन्जिव बोहराले ११ र नालान्दाका शुभ खड्काले ४ स्कोर गरे ।
प्रतियोगिताको बृहस्पतिका अध्यक्ष पुरुषोत्तमराज जोशी र प्रमुख सल्लाहकार मुरारीनिधी तिवारीले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगिताअन्तर्गत ब्वाइज र गल्र्समा समान १२–१२ गरी २४ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्नेछन् । यु–१२ उमेरसमूहको यो प्रतियोगिताको फाइनल भदौ १७ गते हुनेछ ।

 

Comment