अमिता र दीपक पराजित

ताईपेईमाजारी २९ औं युनिभर्सियाड २०१७ अन्तरगत ब्याडमिन्टन महिला एकलमा नेपालकी खेलाडी अमिता गिरी बेल्जियमकी खेलाडी लियाने तान संग २÷०ले पराजित भइन् । ओलम्पिकमा समेत सहभागी भईसकेकी खेलाडी लियानेसंग पहिलो सेटमा २१÷६ ले पराजित गिरी दोश्रो सेटमा २१÷६ले पराजित हुदैं प्रतियोगिताबाट बाहिरिईन् ।
ताईपेई जिम्नेजियममा भएको पुरुष एकलको खेलमा पनि नेपाली खेलाडीहरु पराजित भए ।दीपक बोहरा क्यानडाका खेलाडी जासन एन्थोनीहो सुईसंग २१÷५, २१÷८ ले र शैलेस दाहाल सुरिनेमका खेलाडी देलान दियान्तो दारमोहोयतोमोसंग २१÷१५, २१÷१० ले पराजित भए ।

 

Comment