लौकाहा बासीलाई सञ्जय स्मृती प्रतिष्ठानको राहत


संजय स्मृती प्रतिष्ठानले रौतहटको दुर्गम गाउँ लौकाहामा बाढी पिडितलाई राहत साम्रगी वितरण गरेको छ । स्थानीय प्रशासनको सहयोगमा प्रतिष्ठानले करिब ३० भन्दा बढी घरपरिवारलाई राहत साम्रगी वितरण गरेको थियो । बाढीका कारण तराईमा हजारौ जनताले जनधनको क्षती ब्यहोरिरहेको बेला प्रतिष्ठानले राहत वितरण गरेको हो । लौकाहामा सरकार पछि राहत वितरण गर्ने प्रतिष्ठान पहिलो संस्था हो । संजय स्मृती प्रतिष्ठान अध्यक्ष निरोज मास्के, प्रतिष्ठानका रबिन्द्र पाल्पाली, रिता कोइरालाले राहत वितरण गरेको थिए । संजय स्मृती प्रतिष्ठान अध्यक्ष निरोज मास्केले तराई जनतालाई अप्ठयारो अवस्थामा सहयोग गर्न पाउँदा खुसी लागेको बताइन् ।
अप्ठयारो अवस्थामा सहयोग गर्नु मानवीय धर्म भएको बताउदै मास्केले तराईका जनताले अहिले ज्यादै अप्ठयारो अवस्थाको सामना भोगिरहेको समयमा सबैले आफनो ठाउँबाट सहयोग गरे तराई बासीलाइ धेरै राहत पुग्नमा जोड दिइन् ।
जिल्ला विकास रौतहटका इन्जिनियर दिपेन्द्र यादवले प्रतिष्ठानले सहयोगले लौकाहाबासीलाई राहत मिलेको बताए । प्रतिष्ठानले यसअघि बालबालिका, अशक्तलाई सहयोग गर्दै आएको छ । त्यस्तै प्रतिष्ठानले हरेक वर्ष नेपाली भलिबलमा योगदान गरेको एक पुरुष र एक महिला खेलाडीलाई सञ्जय स्मृती खेलकुद अवार्डबाट सम्मान गर्दै आएको छ ।
बाढी गएको लामो समय वितिसक्दा समेत सरकारी राहत पाउन नसकेका पिडितलाई प्रतिष्ठानले स्थानीय प्रहरीको सहयोगमा प्रभावित क्षेत्रमै पुगेर चामल, दाल, तेल, ब्लाङ्केट, चाउचाउ, म्याट्रेस, झुल, औषधी लगायतका सामाग्री वितरण गरेको थियो ।

Comment