संयोगलाई स्वर्ण

छैटौँ अन्तर विद्यालय राष्ट्रिय टेबलटेनिस प्रतियोगिताअन्तर्गत छात्रा एकलको उपाधि आदर्श विद्या मन्दिरका संयोग कपालीले जितेका छन् । शारीरिक शिक्षा तथा खेलकुद विभाग समाज (सेफोज नेपाल)द्वारा आयोजत प्रतिगिाको छात्र फाइनलमा नेपालका जुनियर च्याम्पियन संयोगले प्रोक्सिमाका रेखन तामाङको कडा चुनौती ११–७, ११–८, १०–१२, ६–११, १३–११ ले पार गरे । निर्णायक सेटमा म्याच अङ्कको फाइदा उठाउन नसक्दा रेखन निराश बनेका थिए ।
संयोगले सेमिफाइनलमा पिएसबिएसका आभास चौलागाईँ र रेखनले माउन्ट भ्यालीका रोशन खाइजुजलाई हराए । छात्रा एकलमा प्रभात स्कुलकी अञ्जु सुवालले स्वर्णिक स्कुलकी स्मृति पन्तलाई ११–५, ११–६ र ११–८ ले हराएर च्याम्पियन बने । सो इभेन्टमा स्वर्णिंमकी नसला मानन्धर र प्रभातकी मञ्जु सुवाल तेस्रो भए ।
यी दुवै इभेन्टमा विजेता र उपविजेतालाई जनही दस र पाँच हजार रुपियाँ प्रदान गरिएको थियो । तेस्रो हुनेले २५०० रुपियाँ पाए । छात्र यु–१२ मा आदर्श विद्या मन्दिरका विशाल गोले पिएसबिएसका सिद्धार्थ तामाङलाई १३–११, ११–८ र १३–११ ले हराएर पहिलो भए ।आदर्श विद्या मन्दिरका रुविन महर्जन र ग्रिनफिल्डका हिमाल विष्ट संयुक्तरुपमा तेस्रो भए ।
छात्रा यु–१२ मा विजेश्वरी स्कुलकी सुस्मिता खड्का सिजिएमकी त्रिसा महर्जनलाई ११–४, १२–१० र ११–४ ले हराएर च्याम्पियन बने । सोनी लामा र आरती सुवाल तेस्रो स्थानमा रहे । यु–१२ मा पहिलो हुने पाँच, उपविजेता दुई तथा तेस्रो हुने एक हजार रुपियाँको हकदार बनेका थिए ।
आयोजकले विद्यालयस्तरीय टेबलटेनिसमा नगद पुरसकार दिइएको यो पहिलो पटक भएको जानकारी दिएको छ ।
यसैगरी, छात्र टिम इभेन्टमा आदर्श विद्या मन्दिर च्याम्पियन भए । उसले फाइनलमा प्रोक्सिमालाई हराएको थियो । पुष्पसदन सकेन्डरी स्कु र माउन्ट भ्याली तेस्रो भए । छात्र टिम इभेन्टमा प्रभाव स्कुल विजेता र विजेश्वरी स्कुल उपविजेता बने । स्वर्णिम र चिल्ड्रेन गार्डेन स्कुल तेस्रो भए ।

Comment