हेम्स केईएस उपाधिनजिक


हेम्स र काठमाडौं इङलिस स्कुल (केईएस) वाईवाई–प्याब्सन मध्य क्षेत्रीय कप आठौं अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ शुक्रबार फाइनलमा प्रवेश गरेका छन् । सानोगौचरणस्थित केईएसको कोर्टमा भएको सेमिफाइनलमा हेम्सले स्पाङ्गेललाई ३२–११ ले पराजित ग¥यो । हेम्सको जितमा कौशल शर्माले १९ अंक योगदान गरे । अर्को सेमिफाइनलमा केईएसले एसियन पब्लिकलाई ४८–१९ ले हरायो । केईएसका यकेन्द्र शाही ठकुरीले २४ स्कोर गरे ।
प्याब्सन मध्यक्षेत्रीय समिति, काठमाडौंद्वारा आयोजित प्रतियोगिताको गल्र्समा चाँदबाग र केईएस उपाधिका लागि भिड्ने भएका छन् ।
चाँदबागले हेम्सको चुनौती २२–१२ ले समाप्त पार्दै हेम्सलाई दोहोरो फाइनल खेल्ने अवसरबाट वण्चित तुल्यायो । चाँदबागकी आयुशा कुँवरले ९ अंक जाडिन् । केईएसले स्पाङ्गेलको यात्रा १८–८ ले पूर्णविराम लगाउदै टिमलाई दोहोरो उपाधिनजिक पु¥यायो । केईएसकी जस्मिन महतोले १० अंक बटुलिन् । फाइनल शनिबार हुनेछ ।

Comment