सलोनी र रायना सेमिफाइनलमा

आयोजक लिटिल एन्जल्स स्कुल (एलए) की सलोनी तामाङ र एसकी रायना शाह १० औं एलए÷जेटीआई अन्तरविद्यालय जुनियर खुला टेनिस प्रतियोगिताको यु–१४ गल्र्स सिंगल्समा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
सलोनीले इलिम किड्सकी शिरिस्ता राईलाई ६–१ र ६–२ तथा रायनाले एलएकी शुभाङगीलक्ष्मी शाहलाई ६–० र ६–३ को सोझो सेटमा पराजित गरे । उक्त स्पर्धाको अन्य खेलमा सेन्ट जेभियर्सकी ईशाश्री शाहले एस्टर एकेडेमीकी स्नेहा यादवलाई ६–० र ६–१ तथा रातो बंगलाकी सर्भानी श्रेष्ठले कान्जिरोवाकी प्रकृति श्रेष्ठलाई ६–३ र ६–४ को सीधा सेटमा हराउदै सेमिफाइनलमा स्थान पक्का गरे ।
यु–१४ ब्वाइज सिंगल्समा सेन्ट जेभियर्सका आदित सुवेदीले नेपाल पुलिस स्कुलका चिराग तिमल्सिनालाई ६–१ र ६–२, शुभताराका सम्यकभूषण वज्राचार्यले सेन्ट जेभियर्सका इभ्येक जोशीलाई ६–४ र ७–६, कान्जिरोवाका निशान श्रेष्ठले पुलिस स्कुलका सरोज लामालाई ६–४ र ६–४ तथा अक्षराका आदित्य सुवेदीले पुलिस स्कुलका निश्चल अधिकारीलाई ६–१ र ६–२ को सोझो सेटमा पाखा लगाउदै सेमिफाइनल यात्रा तय गरे ।
यु–८ ब्वाइज सिंगल्समा सेन्ट जेभियर्सका निश्चल जोशी पहिलो भए । उनले फाइनलमा युलेन्सका बोरिस अधिकारीको चुनौती १०–१ र ११–९ ले समाप्त पारे । सेन्ट जेभियर्सका असब हाडा र कस्मिकका हर्शित चन्द तेश्रो भए ।
सोही स्पर्धाको गल्र्समा सरस्वती बोर्डिङ स्कुलकी सुप्रिया तामाङ च्याम्पियन बनिन् । सुप्रियाले फाइनलमा युनिभर्सलकी समृद्धि महर्जनलाई १०–८, १०–१२ र १०–४ ले पन्छाइन् । फ्रेन्च स्कुलकी नाला जे. मास्के र द ब्रिटिस स्कुलकी साम्राज्ञी लामा तेश्रो भए ।यु–९ गल्र्स सिंगल्समा प्रिमियरकी प्रशंसा मोक्तान, फ्रेन्चकी नाला, ब्रिटिसकी सइभी ढकाल र सेन्ट जेभियर्सकी सुनिरा थापा सेमिफाइनलमा पुगे । त्यसै स्पर्धाको ब्वाइजमा पाठशाला नेपालका दिवस शाक्य र एलएका आयुष राई क्वाटरफाइनलमा प्रवेश गरे ।

 

Comment