युएइमा पनि छाउदै रबी

युएइमा पुगेका नेपाली क्रिकेटरको स्वागत कार्यक्रममा

आफ्नै समस्या, जिवन ब्यबस्थापनमै समय ब्यतीत गर्नु पर्ने बाध्यता । यो एकको कुरा होइन आम नेपालीको विषय हो । नेपालीहरुको विदेश यात्राको अधीक कथा यसै विषयसंग नै जोडीन जोडीन पुगेको छ । यसरी विदेशीने नेपालहरुका पनि भिन्न कथा छन् । भिन्न अस्तीत्व र भिन्न हैसियत छ । जिवनयापनमा आफूलाई केन्द्रित गर्नेहरु देखि आफूलाई सामाजीक रुपमा सक्रिय रहेर फरक पहिचान सहित बाच्नेहरुको जमात पनि त्यत्तिकै छ । विदेशमा रहदा पनि सामाजीक रुपले सक्रिय र आफ्नै पहिचान सहित रहनेमा खेलकर्मी अघि छन् । मार्सलआर्टीस्ट अझ अग्रपक्तिमा रहेका छन् ।

प्रतियोगिताको दौरान

नेपालीहरुको प्रभाव मकाउ, हङकङ, कोरिया मलेसिया र युएइ लगायत देशमा बढीनै रह््यो । युएइमा रहेका नेपाली खेलकर्मीको सक्रियता त अझ अर्कै छ । पछिल्लो समय एभरेस्ट युएइ मार्सल आर्ट एन्ड स्पोर्ट्स क्लब नेपालीहरुलाई एकत्रीत गराउन प्रसायरत छ । धेरैखेलकर्मीका साझ चौतारी पनि बनेको छ । मुख्य प्रशिक्षक रबी शाहीको सक्रियता त अर्कै छ । युएइमा खेल गतबिीधी सञ्चालन गर्ने, त्यहाँ पुग्ने नेपाली खेलकर्मीको उत्साह बृद्धी गर्ने लगायत विषयमा क्लब केन्द्रित छ । यसका मुख्य प्रशिक्षक रबी नेपालमा रहदा परिचित करातेकर्मी थिए । सितेरियोका प्रभावशाली खेलाडी रबी पछिल्लो समय गोजुरियोमा आबद्ध भएका थिए । यीनी प्रमुख रहेको ढल्कोको डोजो पनि शशक्त थियो ।

रञ्जिता र छोरी अन्भीको साथमा

युएइ पुगे पछि यीनको मन खेलबाटा टाढा भएन । सक्रियता पनि त्यत्तिकै । यसकै फलस्वरुप होकी गोजुरियोको एसियाली स्तरका प्रतियोगिता पनि रबी रेफ्रिको रुपमा नेतृत्वदायी भुमिकामा रहने गरेका छन् । खेलाडीको रुपमा युएइको राष्ट्रिय उपविजेताको हैसियत बनाएका पाचौ डान रबी सन् २०१३ मै युएइको राष्ट्रिय रेफ्रि भएका थिए । सन् २००५ मा नेपालमा राष्ट्रिय रेफ्रि भएका उनी दुइ देशमा सोही सफलता पाउने महत्वपूर्ण खेलकर्मी समेत भएका थिए । खेलाडीको रुपमा सन् २००० को दशकमा ५५ केजीमा रबी हेर्न लायक खेलाडीको रुपमा थिए । एकेजीएफका रेफ्रिक काउन्सील सदस्य जस्तो महत्वपूर्ण जिम्मेवारी पाइसकेका उनी एकेएफ जज तथा रेफ्रि समेत हुन् । सन् २०१६ मा पाचौ डान भएका रबी हाल भने एभरेस्ट युएइमा सक्रियता बढाएका हुन् ।
आफ्ना लक्ष्य यो योजनाका बारे प्रश्ट रबी भन्छन्,“ जहाँरहे पनि नेपालीहरु मिलेर केही सृजनात्मक काम गर्न सक्छौ भनेर हामी पुष्टि गर्न चाहन्छौ । ” भर्खरै बामे सर्दै गरेको क्लबको विशेषता यो होकी नेपाली खेलकुदलाई नजीकबाट बुझेका हस्तीहरुको उपश्थिती छ । यसमा तेक्वान्दोका सबिन पाण्डे देखि कुनै समय नेपाली भलीबलका अत्याधीक लोकप्रीय ब्यक्तित्व प्रेम भण्डारी समेतको उपश्थिती छ । सबै समुह खेलकुदको मुल्य र मान्यता प्रति इमान्दार छ । सामुहीक हितमा सबै प्रस्छ छन् । खेलाडी र रेफ्रिको रुपमा उनको अनुभब त आगामी दिनका हरेक पाइलामा सहयोगी हुने नै छ । प्रशिक्षकको रुपमा सिपीएस स्कुल, एलाइड कोइएड, आस्था विद्या मन्दीर ढल्को डोजाको हरेक दिनका उनका अनुभब उपयोगी हुने छ । उनको यो अभियानमा उनको परिवार पनि पूर्ण सकरात्मक हुने नै भयो । बाबु राजु शाही र आमा उमा देवी शाहीको आर्शीबाद जिवनको हरेक पाइलामा उनले जसरी पाए, धर्मपत्नी पनि समझदार भएका कारण उनको यात्रा अझ सहज बनेको छ । कुनै समय नेपाली गोजुरियो करातेकी परिचित खेलाडी रञ्जिता रिजाल आफै पनि तेश्रो डान भइसकेकी छिन् । नेपाली खेलकुदमा परिचीत यी दुइ ब्यक्तित्व नै जिवनका सहयात्री बनेका हुन् ।

ब्यक्तिगत र सामाजीक जिन्दगीमा रञ्जिताले दिएको साथले रबी अझ उत्साहित छन् । हामी आशा गरौ, सबैको सहयोग, सद्भाव र रबीको मिहनेतका कारण युएइमा रहेका खेलकर्मीले एकै स्वरमा छाती फुलाएर सधै भन्न सक्ने छन,“ नेपालबाट आएको प्रतिभासाली, असल र इमान्दार खेलकर्मी रबीका हामी साथी हौ । ”

 

Comment