एलए टेनिसको तयारी पूरा

दसौं एलए÷जेटीआई अन्तरविद्यालय जुनियर खुला टेनिस प्रतियोगिताको तयारी पूरा भएको आयोजक लिटिल एन्जल्स स्कुल (एलए) ले जनाएको छ । प्रतियोगिता बुधबारदेखि हात्तीवनस्थित आयोजककै कोर्टमा सुरु हुँदैछ ।
प्रतियोगितामा ३१ विद्यालयका ७६ ब्वाइज र ६८ गल्र्सले सिंगल्स÷डबल्स गरी विभिन्न १२ स्पर्धामा प्रतिस्पर्धा गर्ने टेनिस प्रशिक्षक रामेश्वर थापाले जानकारी गराए ।

Comment