क्रिकेट खेलाडीको स्वागत


अन्डर–१९ ग्रेट हिमालय क्रिकेट एकेडेमीका खेलाडिहरुलाई स्वागत गरिएको छ । हामी नेपाली एसोसिएसन र एभरेस्ट युएइ मार्शल आर्ट एण्ड स्पोर्ट क्लबले होटल याक एन्ड यतीमा स्वागत तथा चियापान कार्यक्रम आयोजना गरेको हो ।पवित्र भण्डारीको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा सञ्जय पाण्डे, लगायत अतिथिहरुमा रवि शाही, प्रबिन काजी श्रेष्ठ, कुन्दल सिंह, पुर्णभक्त लामा, परशुराम घिमिरे ईश्वर घमाल, प्रेम भण्डारी र प्रेम शाहीको उपस्थिति रहेको थियो ।
खेलाडिहरुको तर्फबाट भने सन्दिप शर्मा (प्रशिक्षक) र आशुतोष गिरैया (कप्तान) समेत उपस्थित थिए । यस अघि पनि एभरेस्ट युएइ मार्शल आर्ट एन्ड स्पोर्ट्स क्लबले नेपाली खेलाडीको समर्थनमा विविध कार्यक्रम गर्दै आएको छ । विभिन्न खेलका प्रभावकारी खेलाडीहरुको संलग्नता रहेको सो क्लब युएइमा रहेका नेपाली समुदायको माझमा लोकप्रीय रहेको छ ।

 

Comment