टिकाको राम्रो प्रदर्शन


काठमाण्डौमा भएको एशियन जुनियर भारोत्तोलन च्याम्पियनसिप मार्फत पहिलो अन्तराष्ट्रि«य प्रतियोगितामा सहभागीता जनाएकी भारोत्तोलनकी खेलाडी टिकामाया गुरुङ्गले ताईपैईमा जारी २९ औं युनिभर्सियाडमा राम्रौ प्रदर्शन गरैकी छिन् । ५८ केजी तौल समूहमा आफुलै एशियन च्याम्पियनसिपमा उचालेको तौलमा सुधार गर्दै स्नाचमा ४८ केजी र क्लिन एण्ड जर्कमा ६३ केजी भार बहन गर्दै कुलमा १११ कैजीकौ आफ्नो रेकर्ड कायम गरिन् । उनलै एयिशन च्याम्पियनसिपमा स्नाचमा ४५ केजी र क्लिनमा ५५ केजी सहित कुलमा १०० केजीको भार बहन गरेकी थिईन् । गुरुङ्ग समूह बीमा पाचौ स्थानमा आईन् ।
तामकाङ्ग युनिभर्सिटीमा भएकौ प्रतियोगिताको सोही समूहमा मनिषा रानाभाटले स्नाचमा ५० केजी र क्लिन एण्ड जर्कमा ६० गरि कुलमा ११० कैजी भार बहन गरिन् । उनी ग्रुप बिमा छटौं स्थानमा रहिन् ।
प्रतियोगितामा तेक्वान्दोकी खेलाडी अस्मिता खड्का पुस्मेमा राम्रो प्रदर्शनका वावजुद पराजित भएकी थिईन् । यस्तै फैन्सिङ्ग तर्फ ईन्दिरा पौडैल इपीमा युक्रेन, पोल्याण्ड, फ्रान्स, जापान, अष्ट्रेलिया र भारतकी खेलाडी संग प्रतिस्पर्धा गर्दै कुल ८ अंकका साथ पराजित भएकी थिईन् ।

 

Comment