मोहनलाई रजत


केहि वर्षयता अस्ट्रेलियामा बस्दै आएका नेपाली जुडो खेलाडी मोहन बमले सिड्नी अन्तर्राष्ट्रिय ओपन जुडो च्याम्पियनसिपमा रजत जितेका छन् । मोहनले पुरुष ६० केजीमुनि तौलसमूहमा रजत जितेका हुन् । मोहनले न्युजिल्यान्ड र अस्ट्रेलियाका खेलाडीलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेका थिए । फाइनलमा मोहन अर्का अस्ट्रेलियन खेलाडीसंग पराजित भए । मोहनको तौलसमूहमा १२ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा नेपाल, अस्ट्रेलिया, न्युजिल्यान्ड, न्यु केलेनोडिया, स्पेन, रुस, जापान र ब्राजिल गरी ८ राष्ट्रका खेलाडी सहभागी थिए ।

Comment