ब्यक्तित्व विकासमा युनिभर्षीयाड खेल महोत्सब महत्वपूर्ण ः जोशी


चाइनिज ताइपेइमा आयोजना हुने २९ औ समय युनिभर्सीयाडमा नेपालले पदक पाउने भन्दा बढी नेपाली खेलाडीको उच्च शिक्षा अध्ययनको बाटो फराकिलो हुने सम्भावना रहेको छ । १८ देखि २८ बर्षका खेलाडीका माझमा हुने खेल महोत्सबमा नेपालले भारोत्तोलन, फेन्सीङ,ब्याडमिन्टन, एथलेटिक्स, टेबलटेनिस, टेनिस र तेक्वान्दोमा सहभागिता जनाउने छ । नेपालको तर्फबाट सहभागि खेलाडी मध्य हेभीवेट तेक्वान्दो खेलाडी निसा रावल सबैभन्दा हेर्न लायक खेलाडीको रुपमा रहेकी छिन् ।
चौथो पटक सहभागि नेपाली टोलीबाट नयाँ सम्भावनाको ढोका खोल्न बिश्वविद्यालय खेलकुद संघका अध्यक्ष प्रदिप जोशीका लागि बिशेष चासो रहेको छ । नेपाल ताइवान एसोसीएसनसंगको सहकार्यका साथै स्पोर्ट्स युनिभर्षीटीसंगको सहकार्यको सम्भावनाबारे अध्ययन गर्ने नेपाली टोलीको स्वभाबिक चासो देखिएको छ । त्यसो त तेक्वान्दोको क्षेत्रमा सधै सुधारको आवाज उठाउने प्रदिप आफै नेपाली खेलकुदमा सकरात्मक सोचका ब्यक्तित्व मानीन्छन् । मास्टर जोशी तेक्वान्दो संघका उपाध्यक्ष समेत हुन् । जोशी बिश्व युनिभर्षीटी तेक्वान्दो महासंघका समेत उपाध्यक्ष समेत रहेको जोशी आफै नेपाली खेलकुदको बर्तमान शैलीले अन्तराष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा कठिन हुने बताउदै अन्तराष्ट्रिय सम्बन्धको बाटो खोल्न आबस्यक रहेको बताउछन् । चौथो पटक महोत्सबमा सहभागिता जनाउन लागेको नेपालले यस भन्दा अघि केही छात्रबृत्ती कोटको नजीक पुगे पनि सामान्य प्राबीधीक कारणले टुटेकाले यस पटक सो सम्भावनामा केन्द्रित रहने जोशी बताउछन् ।

 

Comment