पिपुल्स च्वाइसको मनोनयन सार्वजनिक


नेपाल खेलकुद पत्रकार मञ्चले २६ भदौमा आयोजना गर्ने स्पोर्टस् अवार्डको पिपुल च्वाइस विधामा क्रिकेटमा दीपेन्द्र सिंह ऐरी, पौडीकी गौरिका सिंह, एटलेटिक्सकी कान्छीमाया कोजु, जुडोकी फुपू ल्हामु खत्री र फुटबलका सुजल श्रेष्ठ,मनोनयनमा परेका छन् । ऐरीले २०७३ सालमा नेपाली टिमका लागि सर्बाधिक ३ सय ५७ रन बनाएका थिए । गौरीकाले १२ औं दक्षिण एसियाली खेलकुदमा १ रजत र ३ कांस्यपदक जितेकी थिइन् । कोजुले म्याराथन र हाफ म्याराथनमा राष्ट्रिय कीर्तिमान
बनाएकी थिइन् । उनलेसातौं राष्ट्रिय खेलकुदमा २ स्वर्ण र १ रजतपदक जितेकी थिइन् ।
फुपू ल्हामुले १७ औं जुनियर एसियन जुडो च्याम्पियनसिप, कोचीमा कांस्यपदक जितेकी हुन् । सुजल एएफसी सोलिडारिटी कप च्याम्पियन राष्ट्रिय टिमका खेलाडी हुन् ।

Comment