रोशन र मनीता उत्कृष्ट, रमेसको बाटोमा उमेस

बन्दी सहायता नियोग (पाम) का रोशनबहादुर दोङ र त्रिभूवन आर्मी क्लबकी मनीता श्रेष्ठ प्रधान आठौं अम्बिकाबहादुर क्षेत्री स्मृति खुला जुडो प्रतियोगितामा आइतबार उत्कृष्ट खेलाडी चुनिएका छन् । दुवै आ–आफ्नो तौलसमूहका विजेता हुन् । पहिलो दिन शनिबार रोशनले पुरुष ५५ केजीमुनि तथा मनीताले महिला ५७ केजीमुनि स्वर्ण जितेका थिए । मनीताले उत्कृष्ट इप्पोनको उपाधि पनि हात पारिन् । पुरुषमा उत्कृष्ट इप्पोनको उपाधि नेपाल प्रहरी क्लबका श्रीराम मकाजुले हात पारे ।स्व. अम्बिकाबहादुरका परिवारका प्रायोजनमा नेपाल जुडो संघद्वारा आयोजित प्रतियोगिताको दोश्रो तथा अन्तिम दिन पुरुष÷महिलामा समान ४–४ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको लुम्बिनी हलमा भएको पुरुष ६० केजीमा प्रहरीका उमेश मगरले स्वर्ण जिते । उमेस लामो समय देखि नेपाली राष्ट्रिय टोलीमा प्रभाव जमाउदै आएका रमेस मगर उमेसको पारिवारिक र खेल जिवनकै अभिभावक हुन् । उमेसले फाइनलमा केन्द्रीय जुडो डोजोका किरण गडेललाई पराजित गरे । यस स्पर्धामा लामो समय रमेसकै प्रभाव रहदै आएको थियो । ७३ केजीमुनि प्रहरीका सन्जित डंगोल पहिलो भए । उनले आर्मीका जंगबहादुर सारुलाई फाइनलमा हराए । ९० केजीमुनि इप्पोनमा उत्कृष्ट ठहरिएका श्रीरामले फाइनलमा आर्मीका दिलबहादुर मगरलाई पाखा लगाउदै पहिलो भए । १०० केजीमाथि कुनैपनि प्रतिद्वनद्वी नपाएका प्रहरीका राजन जोशी स्वतः विजेता बने ।महिलाको ४४ केजीमुनि बाँकेकी सोनिया भट्ट च्याम्पियन बनिन् । सोनियाले होप्याडकी पुष्पा भण्डारीमाथि फाइनलमा जित निकालिन् । ५२ केजीमुनि प्रहरीकी दिलकुमारी छन्त्याल र ६३ केजीमुनि आर्मीकी फुपुल्हामु खत्री पहिलो भए । उपाधि भिडन्तमा दिलकुमारीले केन्द्रीय जुडोकी रोजिना थापा मगर तथा फुपुले प्रहरीकी पूर्णा राईलाई निराश बनाए । ७८ केजीमुनि आर्मीकी पुनम श्रेष्ठ पहिलो भइन् । पुनमको स्पर्धामा पनि कसैले नाम दर्ता गराएन् ।राष्ट्रिय टिम छनोटको आधार मानिएको यस प्रतियोगितामा पुरुष÷महिलामा समान ८–८ गरी १६ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । पुरुषको ५५ केजीमुनि र महिलाको ४४ केजीमुनि बाहेक सबै स्पर्धामा पहिलो र दोश्रो हुने खेलाडी राष्ट्रिय टिममा छनोट भएका छन् । पुरुषको ५५ केजीमुनि र महिलाको ४४ केजीमुनि स्पर्धा राष्ट्रिय टिम तयारीमा राखिएको छैन । दुईदिने प्रतियोगितामा २३ टिमका १ सय ४० खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।प्रतियोगितामा आर्मीले सर्वाधिक ६ स्वर्ण, ४ रजत र ६ कांस्य जित्यो । दोश्रो स्थानमा रहेको प्रहरीले ६ स्वर्ण, २ रजत र ४ कांस्य हात पा¥यो । २ स्वर्ण र २ कांस्यसाथ पाम तेश्रो स्थानमा रह्यो । केन्द्रीय जुडो डोजो र बाँकेले पनि १÷१ स्वर्ण जिते । बाँकी टिम स्वर्णविहीन रहे ।

पदक विजेता सम्मानित ः गत जुलाईमा भएको दुई फरक अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल दुई खेलाडी र उत्तिनै प्रशिक्षकलाई जुडो संघले नगदसहित सम्मान गरेको छ । किर्गिस्तानको बिस्केकमा भएको १८ औं जुनियर एसियाली जुडोकी कांस्य विजेता मनीता श्रेष्ठ प्रधानलाई १० हजार नगद पुरस्कार प्रदान गरियो । सो प्रतियोगिताका टिम प्रशिक्षक वीरेन्द्र रन्जित ६ हजार नगदबाट पुरस्कृत भए । त्यस्तै थाइल्यान्डको बैंककमा भएको नर्थ बैंकक अन्तर्राष्ट्रिय युनिभर्सिटी जुडोका कांस्य विजेता उमेश मगर ५ हजार नगदबाट सम्मानित भए । प्रशिक्षक सूर्यनारायण श्रेष्ठले ३ हजार नगद पुरस्कार पाए । सम्मानित खेलाडी र पदक विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष लामा टेन्डी शेर्पालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

श्रीराम छनोट ःजुडो संघले पूर्व घोषणा गरे बमोजिम श्रीराम मकाजु पाँचौं अन्तर्राष्ट्रिय जुडो प्रतियोगिताका लागि छनोट भएका छन् । पुरुष ९० केजीमुनि तौलसमूहमा पहिलो खेलाडीलाई उक्त प्रतियोगितामा सहभागिताको अवसर दिने जुडो संघले घोषणा गरेको थियो । उक्त प्रतियोगिता अक्टोबर ५ तारिखमा ताजकिस्तानको दुसानबेमा हुँदैछ ।

Comment