हरेराम जोशी स्मृति टेबलटेनिस हुने

हरेराम जोशी स्मृति प्रतिष्ठानको आयोजनामा १२ औं हरेराम जोशी स्मृति खुला टेबलटेनिस प्रतियोगिता साउन २९ गतेदेखि हुने भएको छ । प्रतियोगितामा विभिन्न १० स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक राजेन्द्र कपालीले जनाएका छन् । उनका अनुसार स्कुलतर्फ यु–१२ र यु–१६ उमेरसमूहको छात्र÷छात्रा सिंगल्स, पुरुष÷महिला खुला सिंगल्स, पुरुष भेट्रान ४० देखि ५० वर्ष, ५० वर्षमाथि र ६० वर्षमाथि सिंगल्स तथा भेट्रान महिला खुला सिंगल्स स्पर्धामा खेल हुनेछ ।
पिज्जा कटरको प्रायोजनमा हुन लागेको दुईदिने प्रतियोगिताका खेलहरु लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछ । स्व. हरेराम टेबलटेनिसका पूर्व मुख्य प्रशिक्षक आरआर (रमेशराज) जोशीका पिता हुन् ।

Comment