फुल कन्ट्याक्टका सुजिन


नेपाली मार्सल आर्टको प्रभाव चौतर्फी रुपमा बढ्न थालेको तीन दशक भन्दा बढी भइसकेको छ । यस तीन दशकको अन्तरालमा नेपाली मार्सल आर्टीस्टको प्रभाव सर्बत्र रह््यो । देश भीत्र र बाहीर पनि । यस विचमा नेपाली मार्सल आर्टीस्टको सफलता पनि चर्चा गर्न लायक रहे । यो उपलब्धीका कथा सबै आर्टमा देखिए । फूल कन्ट्याक्ट र सेमिकन्ट्याक्ट दुवै तर्फ । परन्तु पछिल्ला समय ओलम्पिक खेलकुदमा उपश्थिती पश्चात सेमि कन्ट्याक्टको तुलनामा फूल कन्ट्याक्टको चर्चा कायम रहन गयो । यद्यपी नेपालमा उत्पादनमा रहेका फूल कन्ट्याक्ट आर्टको प्रभाव भने कायम रह््यो । फूल कन्ट्याक्टको थुप्रै चर्चा गर्न लायक मार्सल आर्टीस्ट मध्य यस पटक क्योकुसीन खेलाडी सजिन कुमार श्रेष्ठको चर्चा ।
सन् १९९० को दशकको अन्त्यतीर नेपाली खेलकुदमा सुजिनको उदय भएको थियो । खुला समाजको खुला मार्सल आर्टको नौलो परिबेश र्भखर सुरु भएको सायमा सन् १९९६ मा मद्रासमा भएको एसियन ओपन फूल कन्ट्याक्ट क्योकुसीन कराते प्रतियेगितामा सुजित पनि सहभागी थए । त्यसै बर्ष अल नेपाल फूल कन्ट्याक्ट कराते च्याम्पियनसीपको विजेता बनेका उनको ७० किलो तौल समुहमा प्रभाव लामो समय कायम रह््यो । त्यसै समय जावलाखेलमा भएको प्रतियोगिताका उपाधीधारी उनी त्यसको दुइ बर्ष पछि दोश्रो राष्ट्रिय फूल कन्ट्याक्ट कराते प्रतियोगितामा पनि उपाधि जित्न सफल भए ।
तत्कालीन युविराज विर विक्रम शाह देबको जन्मोत्सबको उपलक्ष्यमा बि.स २०५७ मा भएको अल नेपाल फूल कन्ट्याक्ट करातेमा उपाधि जित्न सफल उनी यस भन्दा अघि नै चौथो अल नेपाल वेट क्याटोगारी फूल कन्ट्याक्ट कराते प्रतियोगितामा उपाधि जित्न सफल भएका थिए ।
यी अनवरत सफलताका लागि परिचित गुरु सुजित गुरु मानबीय संबेदना र सामाजीक चेतना सहितका खेलकर्मीको रुपमा आफूलाई उभ्याउन सफल भए । सन् १९९७ मै सोसाइटी फर अरबान पोरले आयोजना गरेको लीडरसीप प्रशिक्षण पुरा गरे पछि सामाजीक अभियन्ताको रुपमा उनको प्रशशंशनीय सक्रियता रहया् ।
काठमाडौं लगनटोलका उनी हरेक क्षेत्रमा उत्तिकै सक्रिय । त्यही सक्रियताका कारण हरेक खेल महोत्सबमा सुजितको आबस्यकता महशुष गर्नेहरुको पनि कमी थिएन । यसै कारण उनको सक्रियता टेबलटेनिस, फुटबल र एथलेटिक्समा समेत रहन पुग्यो । २०५३ मै खेलकुद क्षेत्रमा योगददान पु¥याए वापत युथ कर्नर क्लबाट सम्मानीत उनी यसै क्लबले आयोजना गरेको टेबल टेनिस प्रतियोगितामा निर्णायकको भुमिकामा समेत थिए । त्यसो त क्योकुसीनमा सफलता पाउनु अघि नै बि.स २०५२ मा उनले एउटा प्रतियोगितामा एथलेटिक्सको २ सय मिटर दौडमा उपविजेता बनेका थिए । २०६२ मा एन्फा मायोज विद्यालय फुटबलको समयमा यीनी रिब्स टोलीका ब्यबस्थापक थिए ।
यी अनेकन प्रतिभाका उर्बर सुजितले पछिल्लो पुस्तालाई खेलकुदमा सक्रिय गराउने काममा आफूलाई त्यत्तिकै समर्पीत गरे । रिब्स स्कुल, प्याराडाइज र सोभा भगवती इंगलीस स्कुलमा उनले बगाएको पसिनाको असर नेपाली खेलकुदमा अझै छ । जहाँको प्रभाव नेपाली खेलकुदमा कत्तै नै कत्तै पक्कै रहेको छ । जे होस खेलमा दिग्गज, प्रदर्शनमा निख्खार, मिलनसार र सहयोगी ब्यक्तित्व सुजितको उपश्थिती र त्यो पुरानो समयको फर्म नेपाली खेलकुदमा धेरैले लामो समय बिर्सन सक्ने छैनन् ।

Comment