श्यान्टू र पुरुषोत्तम फाइनलमा


नेपाल प्रहरी क्लबका श्यान्टू श्रेष्ठ र नेपाल एपीएफ क्लबका पुरुषोत्तम वज्राचार्य नवौं पूर्णमान वज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताको खुलातर्फ पुरुष सिंगल्समा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् ।
राष्ट्रिय च्याम्पियन श्यान्टुले एपीएफका अमरलाल मल्ललाई ११–५, ११–९, ११–७ र १२–१० तथा पुरुषोत्तमले प्रहरीका पूर्व राष्ट्रिय च्याम्पियन दीप साउनलाई ११–९, ९–११, ११–८, ९–११, ११–४, ५–११ र ११–५ को सेटमा पराजित गरे ।
कलेजतर्फ भने श्यान्टूले पुरुष सिंगल्समा स्वर्ण जिते । कलेजको प्रतिस्पर्धामा प्राइम कलेजको प्रतिनिधित्व गरेका श्यान्टूले फाइनलमा लिभरपुल इन्टरनेसनल कलेजका रितिज जोशीलाई ११–६, ११–४ र ११–८ को सोझो सेटमा हराए । टाइम्सका मणिकुमार लामा र सीसीआरसीका आयुश महर्जनले तेश्रो स्थानमा चित्त बुझाए ।
मिडियातर्फ पुरुष सिंगल्सको फाइनलमा ट्रि मिडियाका दीपक नेपालीले एनटीभीका मनोहरी थापालाई ११–८, ११–३ र ११–४ को सीधा सेटमा पाखा लगाउदै स्वर्ण जिते । हाम्रो खेलकुदका दीपेश तिमल्सिना र एनटीभीका मदन अचार्य तेश्रो भए ।

Comment