बिसाललाई पहिलो स्थान


फर्पींगमा सम्पन्न तेश्रो दक्षिण भेगीय बुद्धीचाल प्रतियोगिताको उपाधि बिसाल कुमार श्रेष्ठले जितेका छन् । उनले सात चरणको खेलमा सात अंक जोडे । राजु मर्हजन ६ अंक सहित दोश्रो तथा ५.५ अंक भएका रोसन श्रेष्ठ तेश्रो भए । यसैगरी ५.५ अंक भएका सतिस बलामी चौथो र किशोर मर्हजन पाचौ भए । फर्पींग खेलकुद विकास क्लबको आयोजनामा भएको तीन दिने प्रतियोगितामा ६६ खेलाडी सहभागि थिए । खेलको समाप्ती पछि नेपाली चेस स्टार सुमित पन्तले ब्लायन्डफोल्ड खेल प्रश्ुतुत गरेका थिए ।

Comment