ज्यान बनाउने गुरु

४९ बर्षे ज्ञानेन्द्र नकर्मीको शारिरिक बनावटले अझै तन्नेरीको आभाष दिन्छ । विगत ३१ बर्ष देखि शरिर बनाउने खेलमा लागेकै कारण  उनको अर्धबैशे शरिरमा युवा झझल्को दखिएको हो । २०४० मा उनी नेपाल ब्यायम मन्दिरमा जिम गर्न पुगेका थिए । सुरुवाती दिनमा उनका सहयात्री मित्रहरु थिए , सरोज श्रेष्ठ, तीर्थ मर्हजन, दिनेस राज भण्डारी र नारायण प्रधान । त्यस पछि सुरु भएको शरिर बनाउने यात्रामा लामो दुरी पार गर्दै उनी नेपालका शारिरिक सुगठनका मुख्य प्रशिक्षक भएका छन्  ।
उनी फुटबल पनि खेल्थे । तर, उनको जिमर बन्ने चाहना त्यत्तिकै पलाएको होइन । उनले एउटा तर्क अघि सारे । अरु खेलका खेलाडी नजीक आउने वित्तिकै चिनिदैन । जिमर नजीक आउने वित्तिकै चिनिन्छ । यसै कारण उनले जिमर बन्ने चाहना राखे । त्यो चाहना राखेको दुइ बर्ष मा नै उनले धर्म श्री उपाधि जिते । उपाधिको ओइरा लाग्यो । २०४२, २०४३, २०४५, मा  त उनी नेपाली खेलकुदका नायक नै थिए । ७५ किलोका यी खेलाडी एसियन बडी बील्डींगका दुइ पटक काश्य पदक जित्न सफल भए । यीनले २०१४ मा भेट्रान्स पावरलीफ्टींगकमा स्वर्ण पदक जिते ।
अहिले नेपाली बडीबिल्डींगका पाच जना प्रशिक्षक छन् । यी पाचका प्रमुख ज्ञानेन्द्रले एउटा अचम्मको अभियान चालेका छन् । देशका विभिन्न ठाउमा रहेका फीटनेस सेन्टरमा गएर निशुल्क प्रशिक्षण दिने । सबै खेलका लागि आबस्य पर्ने बडी बील्डींगको नेपालमा भने महत्व पाएको छैन । हरेक खेलमा एउटा राम्रो चिकित्सक जस्तै एउटा फीटनेस प्रशिक्षक आबस्यक भए पनि नेपालका यो प्रचलन लागु भएको छैन । तथापी उनीसंग सहयोग पाग्ने हरेक खेलका प्रशिक्षकलाई उनले सहयोग गदै आएका छन ्।
बिश्व बडीबील्डींग महासंघका उपाध्यक्ष नेपाल शारिरिक सुगठन संघका अध्यक्ष राजेश बाबु श्रेष्ठ छन्। राजेशकै नेतृत्वमा नेपालले एउटा लामो फड्को पनि मारेको छ । यो अभियानका सारथी बनेका ज्ञानेन्द्र आफ्नै बिचारमा सबैले आफ्नो दैनिक गतीबीधीमा शारिरिक सुगठनमा ध्यान दिनै पर्छ ।  ब्यबसायीक जिमर बन्न सबै सक्दैनन् । तर, आफ्नो शरिर र दैनिक दुरुस्त राख्न यो आबस्यक नै छ ।

Comment