नासा टोली इन्डोनेसियातर्फ


एसियाली अटो जिमखाना प्रतियोगिताको पहिलो चरणमा सहभागी हुन २ सदस्यीय नेपाल अटोमोबाइल खेलकुद संघ (नासा) खेलाडी टोली बुधबार इन्डोनेसियाको सेमराङ प्रस्थान गरेका छन् ।
जुलाई २१ र २२ तारिखमा हुने प्रतियोगितामा उपेन्द्र प्याकुरेल र शिवराम लम्सालले प्रतिस्पर्धा गर्नेछन् । उनीहरुलाई राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत कानून शाखाका प्रमुख नारायणराज अर्याल र नासाका उपाध्यक्ष सीताराम न्यौपानेले एक कार्यक्रमबीच बिदाइ गरे ।

 

Comment