मिलन नेपालका युथ चेस च्याम्पियन सुजना, कृपा, रबिन्द्र र निकेन पनि उमेर समुह विजेता

 

गोल्डेनगेट इन्टरनेसनल कलेजका सिएम मिलन लामा नेपालका चौथो युथ चेस च्याम्पीयन बनेका छन् । शनीबार ललीतपुरका सम्पन्न चौथो युथ तथा भेट्रान चेस च्याम्पियनसीपमा मिलनले सात चरणको खेलमा ६.५ अंक जोडे । ५.५ अंक जोडेका सेन्ट जेभीयर्स कलेजका सुसन गौतम दोश्रो भए । समान अंक भएका सृजन प्रसाद जोशी तेश्रो तथा सेन्ट जेभियर्सका महेश खड्का चौथो भए । बुटवलका प्रसान्त गौतम ५ अंक सहित पाचौ भए । यसैगरी, ५ अंक भएका जेनेस श्रेष्ठ छैठौ तथा डाइनामीक चेस एकडेमीका सुसन आचार्य सातौ भए । ५ अंक नै भएका पायनीयरका सुदिप तामाङ आठौ तथा विजेन्द्र प्रसाद श्रेष्ठ नवौ भए । गोल्डेनगेट कलेजका विवेक श्रेष्ठ ४.५ अंक सहित १० औ भए ।
महिला तर्फ गोल्डेनगेट कलेजकी डब्लुएफएम सुजना लोहनी चार खेलमा चार अंक नै जोडेर उपाधि जित्न सफल भइन् । गोल्डेनगेटकै सुरुची थिङ तीन ंअक सहित दोश्रो तथा अस्मिता मगर दुइ अंक सहित तेश्रो भए ।
यु–१५ खुलामा भक्तपुरका निकेन कुसाथा ६ अंक सहित पहिलो भए । समान अंक भएका अन्नपूर्ण उच्चमाबीका मोहम्मद अदनान अदील दोश्रो तथा गोल्डेनगेट कलेजका युवराज पौडेल तेश्रो भए । ५.५ अंक भएका प्रनित अमात्य चौथो भए । पाच अंक भएका अन्नपूणका प्रबेश लामा पाचौ भए । यसैगरी, दिपज्योतीका अपिल रिमाल छैठौ, पायनीयरका विराज पुडासैनी सातौ, सोही टोलीका सौरभ पोखरेल आठै तथा कास्की अटल बहादुर कोइराला नवौ भए । ४.५ अंक भएका खुसीराम गुरुङ १० औ भए ।
भेट्रान तर्फ ललीतपुरका रविन्द्र शाक्य ४.५ अंक सहित पहिलो भए भने थापाथली चेस पार्कका जर्नादन श्रेष्ठ ४ अंक सहित दोश्रो तथा चार अंक नै भएका पूर्व राष्ट्रिय च्याम्पियन नबीन तण्डुकार तेश्रो भए । पूर्व राष्ट्रिय च्याम्पियन नबीन तण्डुकार चौथो तथा थापाथली चेस पार्कका प्रेमलाल मर्हजन पाचौ भए ।
महिला यु–१५ मा समान पाच भएका डाइनामिक चेस एकडेमीकी कृपा अधीकारी पहिलो तथा तथा सोही टोलीकी खुस्बू थापा दोश्रो भए । ४.५ भएकी स्नेहा यादव तेश्रो भए । चार अंक भएका सम्बृद्धी पाण्डे चौथो, कुसुम तामाङ पाचौ र तेजश्वीनी तामाङ छैठौ भए । ३.५ अंक भएकी पायनीयरकी आभा पुडासैनी सातौ, डाइनामिककी खुसी मुखिया आठौ र पानयीयरकी अनिसा न्यौपाने नवौ भए । ३ अंक भएकी सम्बृद्धी सिलवाल १० औ भए । विजयी खेलाडीलाई प्रमुख अतिथी नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जिवनराम श्रेष्ठ र नेपाल बुद्धीचाल संघका अध्यक्ष एकालाल श्रेष्ठले पुरस्कार प्रदान गरे । ललीतपुर जिल्ला खेलकुद विकास समिती र नेपाल बुद्धीचाल संघको संयुक्त आयोजनामा भएको तीन दिने प्रतियोगितामा १२५ भन्दा बढी खेलाडीको सहभागिता रहेको थियो ।

Comment